Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानन्यायाधीशको सुनुवाइ पर्सी, प्रमुख निर्वाचन आयुक्तको भोलि

sushila karki

काठमाडौं, असार २३ गते । संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित सुशीला कार्कीको आइतबार र निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त अयोधिप्रसाद यादवको शुक्रबार संसदीय सुनुवाई गर्ने भएको छ ।

समितिका सभापति कुलबहादुर गुरुङको सभापतित्वमा बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कार्यवाहक प्रधानन्यायाधीश सुशीला कार्कीका हकमा यही २६ गते आइतबार बस्ने बैठकमा उजुरीकर्तालाई आफ्नो उजुरी पुष्टि गर्न बोलाउने र सोही दिन उनको संसदीय सुनुवाइ गर्ने निर्णयसमेत भएको छ ।

उनका विरुद्ध नाता कायम गराउन माग गर्दै दायर मुद्दामा डिएनए परीक्षणलाई मान्यता नदिएको, राष्ट्रिय मानवअधिकार आयोगका नाममा अन्तरिम आदेश जारी नगर्दा एक कर्मचारीे सेवाबाट निष्कासन हुनुपरेको, न्यायपालिकामा राजनीतिकरण गरेको, कानुन विपरीत आफ्ना नातेदारको मुद्दा किनारा लगाएको, फैसलामा फरक-फरक मापदण्ड अपनाएको, मुद्दाको अध्ययन नै नगरी फैसला गरेको, काठमाडौंको बसुन्धरामा करोडौं मूल्यको घर जोडेकोजस्ता आरोप छ ।

यादवविरुद्ध दुई उजुरी


शुक्रबार बिहान बस्ने बैठकमा कार्यवाहक प्रमुख आयुक्त यादवलाई सुनुवाइका लागि उपस्थित गराउने निर्णय पनि भएको छ ।

कार्यबाहक प्रमुख आयुक्त यादवको पुनःनियुक्तिका सम्बन्धमा सर्वोच्च अदालतमा दायर रिट निवेदनको टुंगो नलागी संसदीय सुनुवाइ गर्न नहुने जिकिरका दुई उजुरी परेका छन् ।

समितिको बैठकले उजुरीकर्ताले आफ्नो उजुरीमा सम्पर्क नम्बर वा इमेल नदिएका कारण तत्काल उजुरीका बारेमा सोधपुछ गर्न सम्भव नभएकाले सिधै संसदीय सुनुवाइ गर्न लागिएको हो ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget