Websoft University

www.radiomakalu.com || 021-522512


टिप्पणी : नैतिकताको परीक्षामा ओली



काठमाडौं–देशले संविधान पाउनेबेलासम्म काँग्रेसको समर्थनमा आफु प्रधानमन्त्री बन्ने एमाले अध्यक्ष केपी ओलीको विश्वास थियो । जव भारतीय चासो र दवावलाई टक्कर दिएर प्रमुख तीन दलले संविधान जारी गरे, त्यसपछि खेल र चासो सत्तातिर मोडियो । संविधान जारीपछि सरकारको नेतृत्व हस्तान्तरणका लागि राजी भएका भनिएका तत्कालीन प्रधानमन्त्री एव्म काँग्रेस सभापति सुशील कोइराला ओलीका लागि सहजै कुसी छाडन तयार भएनन् । यहीबाट शुरु भयो काँग्रेस एमालेको खटपट ।

जीवनमा एक पटक जसरी भएपनि प्रधानमन्त्री बन्ने ओलीको सपना थियो । तर, उनलाई प्रधानमन्त्रीको कुर्सीमा पुर्राउन ठूलो दल काँग्रेस तयार थिएन । छिमेकी भारतले बाटो रोकिराखेको थियो । यो बेला ओलीका अगाडि विकल्प थोरै थिए । र सम्पूर्ण अपेक्षा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग टिकेको थियो ।
yoga day kp oli (5)

संविधान बनाउनुपूर्व होस वा संविधान बनेपछि यसको कार्यन्वयनका लागि राष्ट्रिय सरकार चाहिन्छ भनेर प्रचण्डले दोस्रो संविधानसभाको चुनावपछि भन्दै आएका थिए । संविधान जारी भएपटि एमालेको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन भद्र सहमति भएको भनेर खुलेर बोल्ने उनी मात्र थिए । काँग्रेसले होइन मात्र भनेको थियो । प्रचण्डले काँग्रेससँग मिलेर आफै प्रधानमन्त्री लिन सक्ने सम्भावना पनि थियो । काँग्रेसका तर्फबाट अवसर पनि आएको थियो । प्रचण्डले नैतिकता छाडेनन् । भारतलाई टक्कर दिएर ओलीलाई प्रधानमन्त्री बनाउने योजनालाई मूर्त रुप दिए । यही शैली र आकिस्मक निर्णयमा प्रचण्डले झलनाथ खनाललाई प्रधानमन्त्री पनि बनाएका थिए ।

माओवादी केन्द्रको आज पोलिटव्यूरो बैठक : ओली सरकारको भविष्यमाथि निर्णय हुन सक्ने

जव भद्र सहमतिको कार्यन्वयनको कुरा आयो । ओलीले आफुलाई थाहा नपाएको कुरा गरिरहेका छन् । तर, उनकै पार्टीका नेताहरु नै भद्र सहमति भएको हो भने अन्तर्वाता दिँदै हिँडेका छन् । हिजो ओलीलाई सत्ता दिन हुँदैन भन्ने मान्यता राखेका सुशीलले यस्तै भाषाको प्रयोग गर्थे । दोस्रो पटक प्रधानमन्त्रीको चुनावी दौडमा उत्रदा उनको छविमै दाग लागेको थियो । यही पथ ओलीले समात्न थालेको जस्तो देखिन थालेको छ । बैशाखमा जस्तो उत्तरी छिमेकी चीन यसपाली टेको बन्ने अबस्थामा छैन् । स्रोतहरुलाई मान्ने हो भने उसले सरकारका विषयमा ‘तटस्थ’ नीति लिन सक्छ । यो नीति ओली सरकारका लागि अनकूल नहुँन सक्छ । दक्षिणी छिमेकी ओलीलाई जतिसक्दो चाँडो बालुवाटारबाट बालकोट पठाउन चाहन्छ ।

टिप्पणी : कति सम्भव छ राष्ट्रिय सरकार ?

एमाले र प्रधानमन्त्री ओलीसँग विभिन्न विकल्प छन् । यसका लागि प्रधानमन्त्री स्यमले राष्ट्रिय सरकार निर्माणका लागि पहल गर्ने सवैभन्दा राम्रो विकल्प हो । यदि यस्तो सरकार बन्न सकेन भने प्रधानमन्त्रीका लागि निकै रुचि राखेका प्रचण्डलाई यही गठबन्धनका आधारमा समर्थन गर्ने ।

यी ६ संकट ओलीले सामना गर्न सक्लान् ?

यी दुवै विकल्प ओलीका लागि नैतिक हुन्छन् । यही गठबन्धन मार्फत प्रचण्ड नै प्रधानमन्त्री भएपनि बजेट तथा कार्यक्रम लागु गर्न उनलाई नैतिक दवाव हुन्छ । यो ओलीको जीत हुन्छ । सहमति गर्ने र कार्यन्वयनमा बखेडा निकाल्ने राजनीतिक संस्कारलाई तोडने ओलीका अगाडि अवसर छ ।

एमाले सचेतकको प्रश्न : बहुमतीय सरकार नै बनाउने हो भने किन यो सरकार विघटन गर्नुपर्‍यो ?

सरकारको संकट : किन बढ्यो माओवादी एमाले टकराव ?

प्रधानमन्त्री ओली पद र कुर्सीमा बसिरहने चाहना राखे भने उनका लागि जटिलता पैदा हुन सक्छ । प्रचण्डको एउटा निर्णयले उनको कुर्सी हल्लिन सक्छ । यस्तो बेला ओलीले आफुलाई एउटा नैतिक प्रधानमन्त्रीका रुपमा अगाडि सार्न सक्छन् । अहिलेसम्म बनेको उनको ‘राष्ट्रवादी छवि’ बचिरहन सक्छ । पदका लागि दोस्रो सुशील बन्ने कि नैतिकता प्रर्दशन गर्ने, ओलीकै जिम्मा छ । प्रचण्ड राजनीतिमा प्रयोग गर्ने नेता हुन् । उनको यो स्वभावलाई आफ्नो अनुकुलतामा ढाल्न काँग्रेस सफल भयो भने ओलीका लागि यो अझ् ठूलो झ्टका हुने देखिन्छ ।

टिप्पणी : प्रचण्ड–देउवाको दोस्रो ‘फायरिङ’   ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget