काठमाडौ असार २९ गते । माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि अर्को सत्ता साझेदार दल कमल थापा नेतृत्वको राप्रपा नेपालले पदाधिकारी, कार्यसम्पादन र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।
बुधबार दिउँसो बोलाइएको बैठकले पार्टीको आधिकारिक धारणा तय गर्ने संसदीय दलका नेता दिलनाथ गिरीले जानकारी दिए ।
राप्रपा नेपालले केपी ओली नेतृत्वको सरकारको अन्तिम समयसम्म समर्थन गर्ने बताउँदै आएको छ ।- रातोपतीबाट
Post a Comment