Websoft University

www.radiomakalu.com || 021-522512


शारीरिक तथा मानसिक विकासमा कस्तो खाना खाने ?


khana-660x330
शारीरिक तथा मानसिक विकास मानिसको खानपानमा भर पर्छ । खानामा पाइने ६ प्रकारका स्वाद मिलाएर खाएमा शारीरिक तथा मानसिक विकासमा प्रत्यक्ष प्रभाव पर्छ । खानपानकै आधारमा मानिसको शारीरिक बनावट र सोचाइमा समेत प्रभाव परेको हुन्छ । त्यसैले आयुर्वेदले खानाको प्रभावलाई स्वादसँग जोडेर हेरेको छ । वरिष्ठ आयुर्वेद चिकित्सक डा. वासुदेव उपाध्याय शारीरिक र मानसिक सन्तुलन मिलाउने हो भने गुलियो, अमिलो, नुनिलो, तीतो, पिरो र टर्रो मिलाएर सन्तुलित खाना खानुपर्ने बताउँछन् । खानपानले मानिसको जीवनशैलीमा पार्ने प्रभावबारे उपाध्याय थप भन्छन् :

तीन किसिमका आहार
सात्विक आहार
सबै किसिमका रस भएको सन्तुलित खानालाई साविक आहार भनिन्छ । साविक आहार लिने मानिसको सोचाइ सन्तुलित हुन्छ । यस्तो खानपान गर्ने व्यक्ति कुनै पनि कुरा गहिरिएर सोच्न सक्ने, धैर्यवान र गतिशील हुन्छन् ।


राजसी आहार
चिल्लो तथा पिरो बढी भएको मसलेदार खानालाई राजसी आहार भनिन्छ । राजशाहीहरूले लिने गरेको आहारलाई राजसी नाम दिइएको हो । राजसी खाना मन पराउनेले माछामासु प्रायः खाइरहेका हुन्छन् । यस्तो खाना मन पराउनेहरू चाँडै उत्तेजनामा आउने, हत्तपत्त नडराउने र सुरो स्वभावका हुन्छन् ।

तामसिक आहार
आवश्यकताभन्दा बढी गुलियो मात्रै वा अमिलो–पिरोमात्रै वा अन्य कुनै एकै रसयुक्त खानालाई तामसिक आहार भनिन्छ । यस्तो आहार गर्ने मानिसको सोचाइ मन्द किसिमको हुन्छ ।
उनीहरू शारीरिक रूपमा अल्छी पनि हुन्छन् ।

रसअनुसार औषधिका रूप
गुलियो रस

गुलियो रसयुक्त आहारले शरीरमा चिनीको मात्रालाई कमी हुन दिँदैन । शरीरमा कमजोरी निम्तिन दिँदैन । गुलियो रसले पेटमा ग्यासट्राइटिसलाई नियन्त्रणमा राख्न मद्दत गर्छ । शारीरिक दुर्बलता भएकालाई बल प्रदान गर्छ । यस्तो रस भात, मिश्री, उखु तथा फलफूलबाट प्राप्त गर्न सकिन्छ ।

अमिलो रस
अमिलो रसले मानिसलाई भोक लगाउन सहयोग गर्छ । साथै खानामा अरुचि भएमा रुचिकर बनाइदिन्छ । खानाको पाचनक्रिया पनि अमिलो रसले सहज बनाइदिन्छ । कागती, गोलभेँडालगायत खानपानले यसमा सहयोग गर्छ ।

तीतो रस
तीतो रसयुक्त आहारले पेटको ग्यासट्राइटिस कम गर्न मद्दत गर्छ । मधुमेहलाई नियन्त्रण गर्ने, रगतमा हुने अनावश्यक कलेस्ट्रोल कम गराउनेजस्ता काम गर्छ । तीतो रसले उच्च रक्तचापलाई नियन्त्रणमा पनि राख्छ । तरकारीका रूपमा प्रयोग हुने करेला, मेथीलगायतमा तीतो गुण हुन्छ ।

नुनिलो रस
शरीरमा हुने कोषभित्रको तरलपदार्थलाई मिलाउन शरीरमा लवणको आवश्यकता पर्छ । नुनिलो पदार्थमा लवणको मात्रा हुन्छ । साथै रक्तचाप कम भएकालाई सन्तुलन मिलाउन यसले सहयोग गर्छ । नुनिलो रस खानामा हुनुपर्ने महत्वपूर्ण रस हो ।

पिरो रस
पिरो रसले खानालाई स्वादिलो बनाउनुका साथै भोक जगाउने काम गर्छ । खुर्सानीलगायतमा पिरो रस हुन्छ ।

टर्रो रस
शरीरबाट निस्किने अनावश्यक रसलाई रोक्नका लागि टर्रो रसको आवश्यकता पर्छ, जस्तैः झाडापखाला रोक्न, अनावश्यक पसिना निस्किने समस्या रोक्न, विनाकारण पिसाब लागिरहने समस्या नियन्त्रण गर्न टर्रो रसले भूमिका खेल्छ । मुख्यतः काँचो खानेकुरामा टर्रो रस हुन्छ ।

प्लस १ टिप्स
आयुर्वेदले सबै किसिमका खानालाई औषधिका रूपमा लिने गर्छ । शारीरिक तथा मानसिक विकास खानामै भर पर्ने गर्छ । यी रसले शरीरमा लाग्ने रोगविरुद्ध लड्ने काम गरेका हुन्छन् । सबै रस मिलाएर आहार बनाए शारीरिक र मानसिक विकाससँगै दीर्घकालीन रोग लाग्ने सम्भावना पनि कम हुन्छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget