Websoft University

www.radiomakalu.com || 021-522512


घरमै डाक्टर– हृदयाघातको संभावना जाँचिने ट्रेडमिल टेष्ट के हो ?

female heart attack

मुटुका रक्तनलीहरु साँघुरिने समस्या पहिचान गर्न सकिने धेरै किसिमका जाँचहरु उपलब्ध छन्। ट्रेडमिल एक किसिमको मेसिन हो जुन हामीहरु घरमा वा फिट्नेश सेन्टरमा शारीरिक सुगठनको लागि पनि प्रयोग गर्दछौं। ट्रेडमिल टेष्टमा मेसिनसँग इसिजी पनि जोडिएको हुन्छ। बिरामीलाई मेसिनमा हिँड्न लगाइन्छ र लगातार मुटुको इसिजी अध्ययन गरिन्छ ।

इसिजीको साथै बिरामीको मुटुको चाल, रक्तचाप आदि पनि साथै अध्ययन गरिन्छ। यो जाँचको मुख्य उद्देश्य विरामीलाई हिँडाएर मुटुलाई बढी काम गराउनु नै हो। मुटुलाई बढी काम गर्नुपर्दा मुटु बढी धडकिन्छ। बढी धड्किँदा बढी अक्सिजनको आवश्यकता पर्दछ।

साधारणतया माथि भनिएजस्तै रक्तनली स्वस्थ छ भने मेसिनमा हिँड्दै जाँदा रक्तनलीहरु फुक्दै खुल्दै बढी रक्त प्रवाह गर्छन् र बिरामीलाई कुनै किसिमको समस्या महसुश हुँदैन। यदि रक्तनलीहरु साँघुरिन थालेका छन् भने बिरामी हिँड्दै जाँदा मुटुका मांशपेशीमा आवश्यक मात्रामा रक्त प्रवाह हुन पाउँदैन र विरामीलाई छाती दुखेको, सास फेर्न गाह्रो भएको महसुश हुन थाल्छ।

यसको साथै आवश्यक मात्रामा रक्तप्रवाह नभएपछि मुटुका मांसपेशीमा अक्सिजनको कमी हुन पुग्दछ जुन कुरा इसिजीमा देखिन्छ। यसैको आधारमा रिपोर्ट दिइन्छ। यस जाँचको रिपोर्टमा नेगेटिभ भनेको राम्रो हो भने पोजिटिभ भनेको मुटुमा समस्या देखियो भनेको हो अर्थात् नराम्रो भन्ने हो।

छोटकरीमा टिएमटी भनिने यो जाँच मुटुरोग विशेषज्ञको प्रत्यक्ष निगरानीमा गरिने जाँच हो। यो जाँचको लागि खाली पेट हुनु जरुरी छैन। यो जाँचमा कुनै किसिमको सुई दिने, घोच्ने काम गरिँदैन र बेहोश पनि पारिँदैन। १५ देखि २० मिनेटमा सकिने यो जाँच गर्न कुनै तयारीको जरुरी पर्दैन ।

तर यो जाँच गर्नुअघि मुटुरोग विशेषज्ञसँग आफ्नो स्वास्थ स्थितिबारे सल्लाह गर्नु जरुरी छ। किनकि विशेषगरि पहिल्यै अन्य समस्याले मुटुको अवस्था कमजोर भएका, विभिन्न भल्भका समस्या भएका, रक्तचाप अनियन्त्रित भएको अवस्था आदि विभिन्न अवस्थामा यो जाँच गर्नै मिल्दैन। साथै यो जाँच गरिने ठाउँमा आपतकालीन स्थितिमा चाहिने डिफिव्रिलेटर तथा अन्य उपकरणहरु पनि तयारी हालतमा रहेको हुनुपर्दछ।   -डा. मिलन प्रकाश श्रेष्ठ. वरिष्ठ मुटुरोग विशेषज्ञ, स्वास्थ्य खबरपत्रिका

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget