काठमाडौँ, साउन १४ गते । पछिल्ला केही वर्षमा बाघको प्रभावकारी संरक्षण अभियान, बासस्थानको सुधार, आहारको व्यवस्थापन लगायतमा भएका सुधारले नेपाल सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने विश्वकै एकमात्र राष्ट्र हुने सङ्केत देखा परेको छ ।
सन् २००९ मा रुसमा भएको विश्वका राष्ट्रप्रमुखहरूको महासम्मेलनमा सहभागी राष्ट्रहरूले सन् २०२२ सम्ममा आफ्ना देशमा भएको सङ्ख्याको दोब्बर वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । नेपालमा तत्कालीन अवस्थामा बाघको सङ्ख्या १२५ रहेको थियो । यसको आधारमा सन् २०२२ सम्ममा नेपालले बाघको सङ्ख्या दोब्बर बनाउन २५० पु¥याउनुपर्ने हुन्छ । सन् २०१३ को बाघको गणनामा बाघको सङ्ख्या १९८ पुगेको थियो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यको भनाइमा हाल आएर यस सङ्ख्यामा वृद्धि भई २१० को हाराहारीमा पुगेको हुनसक्छ । पछिल्लो पटक बाँके राष्ट्रिय निकुञ्ज घोषणा गरिनु, पर्सा वन्यजन्तु आरक्षको क्षेत्र विस्तार गरिनु, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लफाँटा वन्यजन्तु आरक्षमा पनि बाघको बासस्थानका सुधार तथा आहारको व्यवस्थापन हुनुले नेपालमा बाघको सङ्ख्या बढ्दै गएको हो । बाघ विज्ञ डा. झमक कार्कीका भनाइमा पनि पछिल्ला वर्षमा नेपालले शून्य शिकार वर्ष सम्पन्न गरेकोले बाघ लगायतका अन्य महत्वपूर्ण वन्यजन्तुको सङ्ख्या तुलानात्मक रूपमा वृद्धि भइरहेको छ ।
नेपालमा सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२१ वटा रहेको रेकर्ड गरिएको छ । त्यसपछि बर्दिया र शुक्लाफाँटामा बाघको बासस्थान मानिन्छ । नेपालमा पाटे (रोयल बङ्गाल टाइगर) प्रजातिका बाघ पाइन्छन् । बाघले आफ्नो आहारका रूपमा बँदेल, बाह्रसिङ्गा, मृग, अर्ना लगायतका जङ्गली जनावरलाई प्रमुख रूपमा लिने गर्छ । बाघको आहार प्रजातिका वन्यजन्तुको सङ्ख्यामा पनि वृद्धि भइरहेको विभागले जनाएको छ । महानिर्देशक आचार्यले बाघ संरक्षणका लागि सरकारले पाँचवर्षे विशेष कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
बाघ विज्ञ डा. कार्कीले भन्नुभयो, नेपालमा बाघको सङ्ख्या दोब्बर पु¥याउन त सकिएला तर बाघको सङ्ख्यालाई निकै बढी मात्रामा बढाउन सकिने अवस्था छैन । बाघलाई विशेष खालको आहार र विचरण गर्ने क्षेत्र पनि बढी चाहिने भएकाले सीमित संरक्षित क्षेत्रमा धेरैको सङ्ख्यामा बाघको संरक्षण गर्न सकिँदैन । संरक्षित क्षेत्रले धान्न सक्नेभन्दा बढी बाघको सङ्ख्या भएमा बाघ बस्तीतिर आउने र हुनसक्ने सम्भावना व्यक्त गर्नुभयो ।
भाले बाघलाई विचरण गर्न कम्तीमा ४० वर्गकिलोमिटर क्षेत्रफल र पोथी बाघलाई कम्तीमा १५ वर्ग किलोमिटर क्षेत्रफल आवश्यक मानिन्छ । हाल चितवनमा रेकर्ड गरिएको बाघको सङ्ख्या हेर्ने हो भने चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफलमा थप बाघको सङ्ख्या बढाउन सकिने स्थिति छैन ।
२०१० को दशकमा विश्वका वैज्ञानिक तथा वन्यजन्तुविद्हरूले बाघको सङ्ख्या विश्वभरिबाट लोप हुँदै टिपिङ प्वाइन्ट
(भिरालो डिलमा पुगेको अवस्थामा) मा पुगेको भन्दै बाघको संरक्षणका लागि विश्वभरि जागरण ल्याउनुपर्ने आवाज उठाएपछि बाघ पाइने राष्ट्र स्वयम् र बाघको संरक्षणमा लाग्नुपर्छ भन्ने अन्य राष्ट्रहरू संयुक्त रूपमा बाघ जोगाउ अभियानमा लागेका छन् । विश्वभरि बाघको सङ्ख्या करिब तीन हजार पाँच सय रहेको बताइन्छ । भारतमा मात्र दुई हजारभन्दा बढी बाघ रहेका रेकर्ड छ । विश्वका १३ वटा देशमा मात्र बाघ संरक्षण भइरहेका छन् । दक्षिण एसियाका नेपाल, भारत, भुटान, बङ्गलादेश, चीनमा बाघको सङ्ख्या तुलनात्मक रूपमा बढी पाइने गरेका छन् । इन्डोनेसिया, लाओस, रुस, भियतनाम, मलेसिया, थाइल्यान्ड, म्यानमार र कम्बोडियामा न्यून सङ्ख्यामा बाघ बाँचेको भेटिन्छन् ।

Post a Comment