Websoft University

www.radiomakalu.com || 021-522512


बस दुर्घटनामा मर्नेको सङ्ख्या १५ पुग्यो

Image result for accident

धनकुटा, साउन १४ गते । धनकुटाको सिधुवामा बिहीबार भएको यात्रु बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारत धरान–१७ का चेतबहादुर मगरको गएराति मृत्यु भएसँगै मृतकको सङ्ख्या १५ पुगेको हो ।

सङ्खुवासभाको मुढेसनिश्चरेबाट धरान जाँदै गरेको बा २ ख ७३६६ नं बस ब्रेक फेल भएर सिधुवामा दुर्घटना हुँदा पूर्वअर्थ राज्यमन्त्री हरिराज खेवासहित सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने आठ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

घटनास्थलमै मृत्यु भएका एक र उपचारका क्रममा मृत्यु भएका एक गरी दुई पुरुषको सनाखत हुन बाँकी छ । दुर्घटनामा घाइते भएका २९ जनाको धरान र पाँच जनाको विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget