Websoft University

www.radiomakalu.com || 021-522512


युरोकप–२०१६ का राम्रा–नराम्रा पक्ष

पेरिस, असार २७ गते । २४ टिम सहभागी गराएर पहिलोपटक भएको युरोपेली च्याम्पियनसिपका खेल एकनासका हुन सकेनन् । यसपटक युरोकपमा केही खेल उराठलाग्दा भए भने कमजोर टिमले ९० मिनेट नै डिफेन्समा खेलाडी खाँदेर पनि खेले । यद्यपि नकआउट चरणमा स्तरीय खेल हेर्न पाएपछि ती निरस खेल ढाकछोपमा परे । वेल्स र आइसल्यान्डजस्ता टिम चम्केपछि २४ टिम सहभागिताको पक्षमै वकालत हुनेभएको छ ।
फाइनल खेलअघि भएका १०७ गोलमध्ये पहिलो खेलमा फ्रान्सका डिमिट्री पायटले अन्तिम समयमा गरेको गोल प्रतियोगिताकै उत्कृष्टमध्ये एक बन्यो । प्रतियोगिताअघि पायटलाई त्यति भाउ दिइएको थिएन । अपेक्षा गरिएका जर्मनीका फरवार्ड थोमस मुलर र पोल्यान्डमा रोवर्ट लेवान्डोवस्की नराम्ररी पछारिनुभयो । मुलरले एक गोल पनि गर्न सक्नुभएन भने छनोट चरणमा सबभन्दा बढी १३ गोल गर्ने लेवान्डोवस्कीले क्वाटरफाइनलमा पुगेपछि मात्र पोर्चुगलविरुद्ध एक गोल गरेर बिदा लिनुभयो ।
रुस र इङ्ल्यान्ड चाँडै बाहिरिनुले तटस्थ दर्शक खुसी नै भए । यी दुई देशका समर्थकले युरोमा निकै हुलदङ्गा गरेका थिए तर आइसल्यान्ड र वेल्सका समर्थकले फुटबलमा रमाएर सबैको मन जिते । छोटकरीमा भन्दा ३१ दिने प्रतियोगिता सकारात्मक र नकारात्मक दुवै कारणले चर्चामा रह्यो ।
हुल्याहा दर्शक
यसपालि फुटबललाई पुनः हुल्याहा दर्शकले छायाँमा पारे । समूह चरणमा रुस र इङ्ल्यान्डबीचको भिडन्तमा दुवै देशका समर्थकबीच डरलाग्दो भिडन्त भयो । जसमा ३५ जना घाइते भए । इङ्लिस समर्थकले त सडकमै हुलदङ्गा मच्चाउने काम गरे । प्रहरीले दर्जनौँ हुल्याहालाई पक्राउ गरेको थियो । चेक गणतन्त्र र क्रोएसियाबीचको खेल चल्दा पनि मैदानमै आगोको मुस्लो फाल्ने काम भयो । जसले खेल केही समय रोकियो । सो खेलका बेला हुलदङ्गा मच्चाउने प्रायः क्रोएसियाली दर्शक थिए ।
छोराछोरीका कुरा
यूईएफएले यसपालि खेलपछि खेलाडीका छोराछोरीलाई मैदानमा प्रवेश निषेध ग¥यो । यूईएफएका अनुसार त्यो पारिवारिक भोज नभएको र साना बालबालिकाको सुरक्षालाई ध्यानमा राखेर सो निर्णय लिइएको थियो ।
यद्यपि वेल्स र उत्तरी आयरल्यान्डलाई प्रिक्वाटरफाइनलमा १–० ले हराउँदा वेल्सका खेलाडीका छोराछोरीले मन थाम्न सकेनन् । उनीहरूको मैदान प्रवेशले वेल्सको जितको खुसीमा थप रोमाञ्च पनि ल्यायो । रङ्गशालामा उपस्थित दर्शकले पनि ताली बजाएर तिनीहरूको हौसला
बढाएका थिए ।
उराठलाग्दो खेल
यसपालि १६ टिमको संरचना विस्तार गरी २४ टिममा लगियो । युरो ३१ दिनसम्म चल्यो । युरोमा कमजोर मानिएका टिमले ठूलो छाती पनि देखाए । यद्यपि उनीहरूले आफूभन्दा बलिया टिमलाई टक्कर दिने क्षमता नहुँदा डिफेन्समा नै जोड दिएर प्रत्याक्रमणको रणनीति अपनाएर खेले । हस्ती टिमले समूह चरणमा क्षमता अनुरूप खेलेनन् ।
चम्कियो इटाली
प्रतियोगिताअघि इटालीलाई यसपालि इतिहासकै सबभन्दा कमजोर टिम मानिएको थियो तर चेल्सीका नयाँ प्रशिक्षक एन्टोनियो कोन्टेको प्रशिक्षकत्वमा इटालीले उत्कृष्ट फुटबल खेल्यो । स्पेनको आठ वर्षको राज पनि समाप्त पार्ने इटाली नै भयो । इटालीको कमजोरी भनेको जर्मनीविरुद्धको क्वाटरफाइनलमा सिमोनी जाजाले टाइब्रेकरमा प्रहार गरेको अन्तिम पेनाल्टी मात्र थियो ।
आइसल्यान्ड
यसपालिको युरोकपमा आइसल्यान्डको चर्चा चुलियो । तीन लाख ३० हजार मात्र जनसङ्ख्या भएको आइसल्यान्डले इङ्ल्यान्डजस्तो टिमलाई प्रतियोगिताबाट बिदा ग¥यो । आइसल्यान्डको अपत्यारिलो गर्जन क्वाटरफाइनलमा फ्रान्ससँग हारेपछि मात्र सकिएको थियो ।
सानो टापु राष्ट्र आइसल्यान्डको टिममा ढल्किँदो उमेरका बार्सिलोना र चेल्सीका पूर्व स्ट्राइक आइडुर गुड्योन्सनबाहेक अन्य ठूला नाम थिएनन् । आइसल्यान्डका लागि यो युरो सदा चर्चाको विषय हुनेछ । एपी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget