नुवाकोट– ‘भूकम्प आयो, पहिरो गयो र गाउँबाट त खेद्यो–खेद्यो, पानी र हुरीबतासले यहाँ पनि हाम्रो उठिवास लगायो, त्रिपालको टहरोभित्र जमेको पानीको आहाल सोहोर्दै गरेकी नुवाकोटको साल्मे–९ की मंगली तामाङ यसरी फतफताउँदै थिइन्, घर बनाइदिन्छु भन्थ्यो । सरकार पनि आउँदैन, कहाँ गयो कहाँ ?करिब ७ सय भूकम्पपीडित विस्थापितहरु बसोवास गर्ने नुवाकोट सदरमुकाम नजिकैको यो इन्द्रेणीघाटको शिविरमा शुक्रवार उनीजस्तै अरु थुप्रै भूकम्पपीडीतहरु बिचल्लीमा परेका थिए । वर्षाको पानी टहरोमा जमेर सोहोर्दैका हैरान थिए ।
नजिकैका छिमेकी लच्याङ–१ का विर बहादुर तामाङ पनि पानीसँगै आएको हुरीले उडाइदिएको त्रिपालको टहरो उठाउँनमै व्यस्त थिए । ‘उता गाउँ नै पहिरोले बगायो, बिरबहादुर दुःखको कहानी पोख्दै थिए, ‘यता त्रिपालको टहरो घरी हुरीले उडाउँछ त घरी मुसलधारे पानीले निथ्रुक्कै पार्छ ।
टाउको ओत्न पनि गा¥हो भइसक्यो ।’ त्रिपाल र जस्ताको टहरोले बनेको यो वस्तीमा शुक्रवार हुरीबताससँगै दर्किएको मुसलधारे पानीले सयौँ भूकम्पपीडीतहरुबीच एकप्रकारको कोलाहल नै मच्चिरहेको थियो । कसैको टहरो उडाएर उदांगो पारिदिएको थियो त कसैको बालबच्चादेखि बुढापाकासम्मलाई बिल्लीबाठ बनाएको थियो । बालबालिकाहरु पानीले भिजेर चिच्याउँदै थिए । अभिभावकहरु जतिसक्दो छिटो बालबच्चालाई भएपनि पानीले भिज्नबाट जोगाउन हुरीले उडाएको टहरो बनाउनमै हतारोमा देखिन्थे ।
अहिले मात्रै होइन पोहोरको बर्खा यसैगरी बिताएका उनीहरुले पुस माघको शित र कठ्याङ्ग्रिँदो चिसो सिरेटो पार गर्दै बैशाख जेठको हपहपी गर्मीको सामना गरिसके । गर्मीयाम नसक्दै उनीहरुलाई अहिले फेरी असार लागेसँगै बर्खाको झरीले पिरोलेको छ ।
एकैचोटी भूकम्प र पहिरोले विस्थापित भएर यो शिविरमा दुईसय भन्दा बढी टहरोमा त्यति नै संख्याका घरपरिवार एकवर्षदेखि वसोवास गर्दै आएका छन् ।
कतिपयले जस्तापाता पाएर जेनतेन घामपानी छेक्ने टहरो बनाई दैनिकी धानिरहेका छन् भने कतिपयको अझैँपनि त्रिपालमुनी वास छ । ‘घर भूकम्पले ढलेपनि फेरी बनाएर बस्न त पाइन्थ्यो होला, तर भूकम्पपछि गाउँ नै पहिरोले बगायो, लच्याङ–७ की सुस्मिता तामाङ भन्छिन्, गाउँ छोडेर यहाँ आएपछि टहरोमा बिताउन गा¥हो भइसक्यो । गरिखान यहाँ न खेत न बारी । सरकारले दया गरेर छिटो केही गरे गर्देला नत्र बाँच्न नि मुस्किल छ ।’ उनीजस्तै लच्याङ गाउँबाट विस्थापित भएर यहाँ बस्नेहरु ३५ परिवार छन् ।
त्रिशूली नदीकिनारको इन्द्रेणीचौरमा विस्थापित जीवन बिताइरहेका उनीहरुको जस्तै पहिरो र भूकम्पपछिको व्यथा भोगिरहेका नुवाकोट र रसुवाका गरी १० गाविसका २ सय ५० परिवार यहाँ वसोवास गर्छन् ।
बस्नेहरुमध्ये यहाँ सबै तामाङ समुदायका मात्रै छन् । वर्षदिनदेखि पालमूनिको वास त्यसमा पनि हावाहुरी, घाम र झरीजस्ता कैयन् समस्याको झन्झट भेल्नुपर्दाको पीडा आफूहरुसँग असिमित भएको बताउने लच्याङवासीसँग पहिरोले बगेको गाउँमा फेरी फर्किने मन छ, तर आँट त छैन । फेरी, सरकारले घर बनाउन दिने भनेको अनुदानको पैसासँग पनि उनीहरुको कुनै आश छैन । बर्खायाममा दिनदिनैको झरी, हुरी र सर्प बिच्छीको आतंकले सताएकाहरु राज्यले घर बनाउन दिने अनुदार कुर्दाकुर्दै आफूहरु थाकिसकेको बताउँछन् र भन्छन्, ‘सरकारको भर पर्दापर्दै मरिएला जस्तो छ ।’
यो शिविरमा बस्नेहरुको टहरोमा घाम, पानी र वर्षाको मात्रै होइन, सर्प र बिच्छी अनि बन्यजन्तुहरुकोसमेत त्रास भोग्नुपरेको कहानी सुनाउँछन् । ‘पानी पसेर रातभरी सुत्न पाईंदैन, रसुवा हाकुकी निरमायाँ गुरुङ भन्छिन्, ‘कहिले त सुतिरहेकै बेला टहरोभित्रै सर्प मडारिरहेको हुन्छ । अरु भन्दा पनि बच्चाहरुलाई टोकेर मार्ने हो की भन्ने चिन्ता भइरहन्छ ।’
उनीहरुजस्तै भूकम्प र पहिरोको पीडाले विस्थापित भएर इन्द्रेणीचौरमा वसोवास गर्दै आइरहेका २ सय ५० परिवारले यस्तै दुःख झेलिरहेका छन् । एक वर्षअघिदेखि रसुवाको हाकु र डाँडागाउँसहित नुवाकोटका साल्मे, भाल्चे, किम्ताङ, लच्याङ, सामरी, गेर्खु, बुङताङ र काहुलेका पिडीतहरु अझैँसम्म जस्ताको टहरो र पालमा वसोवास गर्दै आएका छन् ।
भूकम्पपछिको प्राप्त तथ्यांकअनुसार जिल्लामा पहिचान भएका भूकम्पपीडित घरपरिवारको संख्या ६५ हजार ७ सय छ ।
यसमध्ये ८५ प्रतिशत भूकम्पपीडितहरु अव्यवस्थित टहरोमै वसोवास गर्दै आएको विभिन्न संघसंस्थाहरुको अध्ययनको तथ्यांकले देखाएको छ । सरकारले घर बनाउनका लागि भूकम्पपीडितहरुसँग अनुदान सम्झौता तिव्र गतिमा अघि बढाइरहेको र विस्तारै पीडितहरुको समस्या हल हुँदै जाने पुनःनिर्माण प्राधिकरण उपक्षेत्रिय कार्यालय नुवाकोटका प्रमुख नारायणप्रसाद सापकोटाले बताए ।
उनीहरुजस्तै भूकम्प र पहिरोको पीडाले विस्थापित भएर इन्द्रेणीचौरमा वसोवास गर्दै आइरहेका २ सय ५० परिवारले यस्तै दुःख झेलिरहेका छन् । एक वर्षअघिदेखि रसुवाको हाकु र डाँडागाउँसहित नुवाकोटका साल्मे, भाल्चे, किम्ताङ, लच्याङ, सामरी, गेर्खु, बुङताङ र काहुलेका पिडीतहरु अझैँसम्म जस्ताको टहरो र पालमा वसोवास गर्दै आएका छन् ।
भूकम्पपछिको प्राप्त तथ्यांकअनुसार जिल्लामा पहिचान भएका भूकम्पपीडित घरपरिवारको संख्या ६५ हजार ७ सय छ ।
यसमध्ये ८५ प्रतिशत भूकम्पपीडितहरु अव्यवस्थित टहरोमै वसोवास गर्दै आएको विभिन्न संघसंस्थाहरुको अध्ययनको तथ्यांकले देखाएको छ । सरकारले घर बनाउनका लागि भूकम्पपीडितहरुसँग अनुदान सम्झौता तिव्र गतिमा अघि बढाइरहेको र विस्तारै पीडितहरुको समस्या हल हुँदै जाने पुनःनिर्माण प्राधिकरण उपक्षेत्रिय कार्यालय नुवाकोटका प्रमुख नारायणप्रसाद सापकोटाले बताए ।
उनका अनुसार नुवाकोटमा करिब ४० हजार परिवारसँग अनुदान सम्झैता भइसकेको छ ।
रसुवामा ११ हजार दुईसय लाभग्राहीमध्ये ९ हजार एकसय सम्झौता भइसकेको छ । ‘भूकम्पपीडितका लागि यो बर्खा काट्न कठिन हो, उनले भने, ‘त्यसमा पनि विभिन्न संघसंस्था, नेपाली सेना र भवन डिभिजन कार्यालयले विभिन्न गाउँमा सामुहिक आवास निर्माण गरिरहेकोले यसले पनि वसोवास गर्न अति समस्यामा रहेका धेरैलाई राहत हुनेछ ।’ तर, ति बनिरहेका ८ कोठे र १२ सिमित भवन घरवारबिहिनहरुलाई प्रयाप्त नहुने देखिन्छ ।
भूकम्पपछि नुवाकोटका ६२ गाविसका ५२ वटा गाउँका करिब २२ हजार परिवार भूकम्पकै कारण गएको पहिरोबाट उच्च जोखिममा परेका छन् ।
यो संख्याका परिवारलाई पनि सरकारबाट प्राप्त अनुदानबाट सुरक्षित जमिनमा सुरक्षित र भूकम्प प्रतिरोधी घर बनाउन समस्या छ । तर, यस्तो समस्याको पहिचान गरी समाधान खोज्न सरकारले ति जोखिमयुक्त स्थानमा भूगर्भविद्हरु खटाएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत खगेन्द्र घिमिरेले जानकारी दिए ।
Post a Comment