Websoft University

www.radiomakalu.com || 021-522512


सरकार परिवर्तनको खेल स्वचालित नभइ ब्याट्रिबाटः प्रधानमन्त्री ओली



काठमाडौं, असार ३० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको मुख्य संलग्नतामा नयाँ सरकार गठनको गृहकार्य अगाडि बढेको दाबी गरेका छन् ।

नेकपा माओवादीले सरकारबाट बाहिरिएर नेपाली कांग्रेससँग मिलि नयाँ सरकार गठनको कसरत गर्नुका पछाडि छिमेकी मुलुक भारतको हात रहेको ओलीको दाबी छ ।

रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषदले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘सरकार परिवर्तनका लागि दलहरुका बैठक स्वचालित रुपमा नभइ ब्याट्रिबाट चलिरहेको छ । यो मुलुकका लागि निकै दुःखद हो । कुनै एउटा पार्टी सरकारबाट बाहिरिँदा अरुले उफ्रिएर खुशी भइ भोज खानुलाई सामान्य रुपमा लिन हुँदैन ।’

माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि भारतीय राजदूतावासमा भोज आयोजना भएको चर्चा चलिरहेका बेला ओलीले सार्बजनिक कार्यक्रममा यस्तो अभिव्यक्ति दिएका हुन् ।

स्वाधिनतामा हस्तक्षेप गर्ने सपना नदेख्न चेतावनी

यसअघिका सार्वजनिक कार्यक्रमहरुमा उखान टुक्का प्रयोग गरेर हँसाउने गरेका प्रधानमन्त्री ओली बिहीबार भने निकै भावुक रुपमा प्रस्तुत भएका थिए ।

प्रधानमन्त्री ओलीले आफूले नाकाबन्दीका बेला राष्ट्रियता र राष्ट्रिय स्वाभिमानमा आँच आउन नदिएको परिणाम कांग्रेस र माओवादीलाई प्रयोग गरेर सरकार परिवर्तन गर्न खोजिएको आरोप लगाए ।

नाकाबन्दीका बेला चर्को अभाव झेलेर पनि देशभक्ति देखाउनुले नेपालीहरु अन्याय सहँदैनन् भन्ने पुष्टि भएको भन्दै उनले अस्थिर खेलकुद गरेर नेपालको स्वाधिनतामा हस्तक्षेप गर्ने सपना नदेख्न चेतावनी दिए ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री, मन्त्रीहरु र उच्चपदस्थ सुरक्षा अधिकृतहरु सहभागी थिए । तर, सभामुख, कांग्रेस, माओवादी र राप्रपा नेपालका नेताहरु कार्यक्रममा अनुपस्थित थिए ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget