Websoft University

www.radiomakalu.com || 021-522512


पाकिस्तानी पूर्वराष्ट्रपति मुशर्रफको सम्पत्ती जफत गर्न अदालतको आदेश



काठमाडौं, साउन ५ गते । पाकिस्तानको एक अदालतले पूर्वराष्ट्रपति परवेज मुशर्रफको सबै सम्पत्ति जफत गर्न आदेश दिएको छ । राजद्रोहको मुद्दामा अदालतमा उपस्थित नभएको भन्दै उनका सबै बैंक खाता र सम्पत्ति जफत गर्न अदालतले मंगलबार आदेश दिएको हो ।

मुशर्रफका वकील फैसल चौधरीले अदालतको यो आदेशविरुद्ध सर्वोच्च अदालतमा जाने बताएका छन् ।

मुशर्रफ सन् २०१६ मार्चदेखि युएईमा छन् । स्वास्थ्य उपचारका लागि त्यहाँ गएका उनी अझै स्वदेश फर्किएका छैनन् ।

मुशर्रफ पाकिस्तानका पूर्व सैनिक शासक हुन् । उनले सन् २००८ मा पदबाट राजीनामा दिएका थिए । उनी राष्ट्रपति हुँदा सन् २००७ मा देशमा संकटकाल घोषणा गरेको, संविधानलाई निलम्बन गरेको, लगायतका आरोप लागेको छ ।

उनीविरुद्ध लागेको राजद्रोहको मुद्दामा आजिवन कैद वा फाँसीको सजायँ हुनसक्ने जानकाहरु बताउँछन् ।

सन् २०१३ मा तेस्रो पटक सत्तामा आएपछि प्रधानमन्त्री नवाज शरीफले मुशर्रफविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget