Websoft University

www.radiomakalu.com || 021-522512


तेह्रथुमको सिंहबाहिनी मन्दिरकाे मुर्ति चोरी , अनुसन्धान जारी छ प्रहरी

singha-bahini-temple-800x600

तेह्रथुम, ६ साउन / तेह्रथुमको सदरमुकाम म्याङलुङ स्थीत सिंहबाहिनी मन्दिर मेयङलुङ देवीस्थानमा रहेको मुर्ती चोरी भएको छ । मन्दिरको भित्री भागमा राखिएको शिवलिङको मुर्ति हिजाे बुधबार करिब ९ बजेतिर चोरी भएको मन्दिरका पुजारी चन्द बहादुर बिष्टले बताए । साडेतिन किलो बराबरको तौल भएको बहुमुल्य सिलाको शिवलिङ्ग मुर्ती चोरि भएको बारे स्थानिय प्रहरीलाई खबर गरिएको सिंहबाहिनी मन्दिर संरक्षण समितीका अध्यक्ष गोबिन्द ढुंगानाले बताउनुभयो ।


बिगत एक दशक अगाडी मन्दिरमा राखिएको सो मुर्ति कस्ले चोरेको भन्ने बारेमा खोज तलास तथा अनुसन्धान जारी रहेको तेह्रथुमका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक भागेन्द्र पुरुष ढकालले जानकारी दिनुभयो । दिनदहाडै मुर्ति चोरी हुनु जिल्लाको मरिमामा ठेस पुग्नु भएको बताउदै मन्दिर दर्शनार्थीले जति सक्दो चाडो चोरलाई पक्राउ गरि कार्वाहीको दायरामा ल्याउन माग गरेका छन् ।

साउन महिनामा हिन्दु धर्मावलम्बी महिलाहरुले सोमबारे ब्रत बसि भगवान शिवको प्रतिक शिवलिङ्गको पुजाआजा गर्ने गर्दछन् ।-पुर्बेलीन्युजबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget