Websoft University

www.radiomakalu.com || 021-522512


नेप्से परिसूचक ४० अङ्कले वृद्धि

 

काठमाडौँ, साउन ३ गते । धितोपत्र बजारमा आज नेप्से परिसूचक ४० अङ्कले वृद्धि भई एक हजार ७८६ बिन्दुमा पुगेको छ ।

कुल १३७ कम्पनीको रु एक अर्ब ९५ करोड ४१ लाख ७० हजार ७६१ मूल्य बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

दैनिक चार घन्टा कारोबार सुरु भएको आज दोस्रो दिन बिहान ११ बजेदेखि सुरु भएको बजार सदाझैँ ३ बजे बन्द हुँदा कुल २८ लाख ७० हजार ४९७ कित्ता सेयर बिक्री भएको छ ।

विभिन्न पाँच समूहको सेयर उकालो लागेकामा अर्को तीन वटा समूहको सेयर भने ओरालो लागेको छ । बैैंकिङ समूह २.५१, होटल ०.०६, जलविद्युत् ०.५५, बिमा ७.१३ र उत्पादन समूह १.७ प्रतिशतले बढेको छ भने विकास बैंक ०.१६, फाइनान्स ०.०३ र अन्य समूहको सुयर १.२९ प्रतिशतले घटेको छ ।

एक घन्टा कारोबारको समय बढाइएको भए पनि बजारमा आज खासै प्रभाव नपरेको स्टकका सहायक प्रवक्ता मुरहरि पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार थपिएको समयको प्रभाव बजारमा विस्तारै पर्दै जाने छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget