Websoft University

www.radiomakalu.com || 021-522512


पूर्वराजालाई शुभकामना दिन निर्मल निवासमा मन्त्रीहरुको लर्को


Kamal-Thapa
काठमाडौं, असार २३ गते । पूर्वराजा ज्ञानेन्द्र शाहको ७०औं जन्मोत्सवमा शुभकामना दिन उपप्रधानमन्त्री कमल थापा निर्मल निवास पुगेका छन् ।

थापासँगै सरकारका बहालवाला अन्य मन्त्रीपनि निर्मल निवास गएका छन् ।

ज्ञानेन्द्रलाई शुभकामना दिन भूमिसुधार मन्त्री रामकुमार सुब्बापनि निर्मल निवास पुगेका छन् । राप्रपा नेपालका अन्य मन्त्रीहरुपनि शुभकामना दिन आएको निर्मल निवास श्रोतले अनलाइनखवरलाई बताएको छ ।

ऋाफ्नो ७०औं जन्मोत्सभमा शुभकामना दिन आउनेहरुका लागि पूर्वराजा ज्ञानेन्द्रले आज बिहान ११ बजेदेखि भेट दिएका छन् ।

दिउँसो साँढे १ बज्दासम्म शुभकामना दिन आउनेहरुको लाइन निर्मल निवासमा उल्लेख्य देखिन्थ्यो । पूर्वराजालाई शुभकामना दिन तत्कालिन शाही सरकारका मन्त्री रमेशनाथ पाण्डे, भुवन पाठक, दुर्गा श्रेष्ठ लगायत निर्मल निवास पुगेका छन् । त्यस्तै राप्रपा नेपालका बिद्रोही नेता केशरबहादुर विष्टपनि निर्मल निवास पुगेका छन् ।

निर्मल निवासुमा पोखरा, बीरगञ्ज र सर्लाहीबाट समेत ज्ञानेन्द्रका शुभेच्छुकहरु भेला भएका छन् ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget