Websoft University

www.radiomakalu.com || 021-522512


बाढी र पहिरोको क्षतिप्रति कांग्रेसद्वारा दुःख व्यक्त



काठमाडौं, साउन ११ गते। नेपाली कांग्रेसले बिभिन्न जिल्लामा बाढी र पहिरोले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारहरुलाई उद्धार, राहत लगायतका काममा सहयोग गर्न सरकारसँग माग गरेको छ ।

साथै वेपत्ताहरुको तत्काल खोजी गर्न पनि कांग्रेसले सरकार र सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

‘प्राकृतिक विपतमा परी मानिसहरुको अनाहकमा ज्यान गएको र हजारौंको संख्यामा मानिसहरु विस्थापित हुनु परेको घटनाप्रति नेपाली कांग्रेसको ध्यानाकृष्ट भएको छ र यो विपतप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा मंगलबार जारी विज्ञप्तिमा लेखिएको छ ।

कांग्रेसले बाढीबाट मृत्युवरण गरेका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै स्थानीय पार्टी निकायहरु तथा भातृ एवं शुभेच्छुक संघ संस्थाहरुलाई पीडित परिवारको उद्धार र राहत कार्यमा आवश्यक सहयोग पुर्‍याउन आग्रह गरेको छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget