बैतडी,साउन १३ गते । अविरल वर्षासँगै सडकमाथिबाट खसेको पहिरोले महाकाली राजमार्ग आज बिहानबाट अवरुद्घ भएको छ ।
महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वरदेखि दार्चुला सदरमुकाम सडकखण्डको मालिकार्जुनको पनेवाँजमा पहिरो खस्दा सडक अवरुद्घ भएको सवार यात्रु चन्द्रकान्त अवस्थीले जानकारी दिए ।
अवरुद्घ सडक खुलाउन पहल भइरहेको बताइएको छ । पहिरोका कारण सडक राजमार्ग अवरुद्ध भएर यातायात पूर्णरुपमा बन्द हुँदा यात्रु अलपत्र परेका छन् ।
यातायातका साधन पूर्णरुपमा बन्द हुँदा दार्चुलाबाट बाहिरिने र भित्रिने लामो तथा छोटा दूरीका यातायातका साधन रोकिएका छन् ।
सडक अवरुद्ध हुँदा काठमाडौँ, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, बैतडी र दार्चुला सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका सवारी साधन ठप्प भएका छन् ।
उक्त राजमार्ग पहिरोका कारणले बेलाबेलामा अवरुद्ध हुँदै आइरहेको छ ।-रासस
Post a Comment