Websoft University

www.radiomakalu.com || 021-522512


वाटरप्रुफ मोबाइल भन्दैमा यसकारण ढुक्क नहुनुस्


waterproof_smartphone_1
आजकल सस्तो होस् वा महंगो होस् सबैखाले मोबाइलले आफ्नो विज्ञापन गर्दा नछुटाउने एउटा मुख्य विशेषता भनेको मोबाइल फोन वाटर प्रुफ वा पानी प्रतिरोधी छ भन्ने रहन्छ ।

कतिपय टेलिभिजन विज्ञापनहरु त पत्याउनै नसकिने खालका हुन्छन् । जहाँ मोबाइलमा कुराकानी गर्दागर्दै मानिसको हातबाट मोबाइल पानीमा खस्दछ । तत्कालै मानिसले पानीमा डुबेको मोबाइललाई टिप्दछ र पुनः कानमा लगेर कुराकानीलाई निरन्तरता दिन्छ ।

अहिले बर्खाको बेला छ । यो बेलामा पानी परिरहने हुनाले मोबाइल फोन पानीमा भिज्ने र बिग्रिने सम्भावना हुन्छ । त्यसैले पानीमा मोबाइल नभिजोस् भन्नका लागि विशेष सावधानी अपनाउनुपर्दछ । मोबाइल वाटर प्रुफ छ भनेर ढुक्क भएर हुँदैन । पानीमा भिजिहाल्छ की भनेर सावधानी अपनाउनुपर्ने हुन्छ ।

जसले जति दाबी गरेपनि पूर्णतया वाटर प्रुफ इलेक्ट्रोनिक्स ग्याजेट पाउनु असम्भव हुन्छ, चाहे त्यो मोबाइल फोन होस् वा अरु । वाटर प्रुफको अर्थ त्यसभित्र पानी छिर्दै नछिर्ने भन्ने हुन्छ । उपभोक्ता प्रविधिको क्षेत्रमा यस्तो कुनैपनि डिभाइस अहिलेसम्म मबनेको छैन जसले यस्तो क्षमतालाई प्रमाणित गर्न सकेको होस् ।

त्यसैले पानीभत्र राख्दा पनि जस्ताको तस्तै रहेको देखाइएका विज्ञापनका भिडियो तथा फोटोहरु देखेर मख्ख हुनुहुन्छ र आफ्नो मोबाइलको क्षमता जाँच्न त्यसै गर्दै हुनुहुन्छ भने सावधान हुनुहोस्, र त्यस्तो भूल नगर्नुहोस् ।

स्मार्टफोनमा विभिन्न खालका परीक्षण गरिएको हुन्छ र डिभाइसमा आइपी पछि दुइवटा अंक लेखिएको हुन्छ । यी दुइ अंक एउटा रेटिंग हो जुन परीक्षणको नतिजाको आधारमा लेखिएको हुन्छ । पहिलो अंक मोबाइलको धुलो प्रतिरोधी क्षमताको आधारमा लेखिन्छ जसको उच्चतम गुणस्तरको लागि ६ लेखिएको हुन्छ । त्यस्तै दोश्रो अंक पानी परीक्षण रेटिंग हो जुन १ बाट सुरु भएर ९ सम्म हुन्छ ।

यो अंक एकबाट जति धेरै भयो मोबाइल फोन उति नै धेरै वाटर प्रुफ भन्ने बुझिन्छ । उदाहरणका लागि सामसुंग ग्यालेक्सी एस सेभेनको रेटिंग आइपी ६८ हो । यस अर्थमा ग्यालेक्सी एस सेभेन पूर्णरुपमा धुलो प्रतिरोधी छ भने पानी प्रतिरोधी क्षमता अन्तरगत कुल ९ मा ८ अंक पाएको छ । अर्थात् यो फोन पूर्णरुपमा वाटर प्रुफ छैन ।

यस्ता परीक्षणहरु प्रयोगशालाको नियन्त्रिण वातावरणभित्र गरिएको हुन्छ । त्यसैले यस्ता प्रयोगको नतिजाहरु खुल्ला वातावरण तथा आम प्रयोगको आधारमा मेल नखान सक्दछन् । कहिलेकाहीँ मोबाइल फोन खोलामा तथा पोखरीमा पनि खस्न सक्छ । यदि विदेशतिर हुनुहुन्छ भने समुद्रमा पनि खस्न सक्दछ । यी तिनवटै ठाउँको पानीको गुण फरक फरक हुन्छ । पोखरीको पानीमा खसेर खराब नहुने मोबाइल फोन समुद्रको पानीमा खस्दा बिग्रिन सक्दछ ।

स्मार्टफोन पानीमा खसिसकेपछि त्यसभित्र पानी छिर्ने हुँदा टचस्क्रिनले काम नगर्न सक्दछ । यदि स्टार्ट बटनभित्र समेत पानी छिरेको भए स्मार्टफोन स्टार्ट पनि नहुनसक्छ ।

यो बुझ्नु आवश्यक हुन्छ की वाटरप्रुफ मोबाइल भन्ने बित्तिकै जतिजुकै पानीमा डुबाएपनि पानी नछिर्ने भन्ने होइन । मोबाइलमा थोरै पानी वा अन्य तरल पदार्थ पर्यो भने त्यसलाई भित्र छिर्न नदिई मोबाइललाई जोगाउने प्रविधि हो । त्यसैले वाटर प्रुफ मोबाइल छ भनेर ढुक्क नभई पानीबाट सकेसम्म जोगाउनु नै बुद्धिमानी हुन्छ ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget