Websoft University

www.radiomakalu.com || 021-522512


ओलीको बहिर्गमनमा भारतको भूमिका भन्नु गलतः प्रचण्ड

prachanda

काठमाडौं,साउन १२ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको बहिर्गमन र आफ्नो पुनरागमनमा भारतको हात रहेको भन्ने दाबी अस्वीकार गरेका छन् ।

साथै उनले नेपालमा भएको सरकार परिवर्तनलाई बेइजिङमाथि दिल्ली हावी भएको विश्लेषण पनि गलत भएको बताए ।

भारतीय पत्रिका टाइम्स अफ इण्डियामा प्रकाशित अन्तरवार्तामा केपी ओली स्वयंले पनि भनेको भन्दै उनी प्रधानमन्त्रीबाट हट्नुमा भारतको हात छ ? भनेर सोधिएको थियो । जवाफमा प्रचण्डले भनेका छन्, ‘विल्कुल गलत । यस्तो कुराले सबैलाई समस्यामा पार्छ, ओली स्वयंलाई पनि ।’

उनले आफू फेरि प्रधानमन्त्री हुनुमा बाहिरी शक्तिको भूमिका पनि पूर्णरुपमा अस्वीकार गरेका छन् । भारतको भूमिकाबारे सोधिएको प्रश्नमा उनले १२ बुँदे सहमति गराउन भारतको भूमिका रहेको स्वीकार गर्दै भनेका छन्, ‘तर, नेपालको विषयमा नेपाल र नेपालीहरुले नै अन्तिम निर्णय लिने हो ।’

नेपाल र नेपालीको हित नै आफूहरुको प्राथमिकतामा रहेको भन्दै प्रचण्डले यसबाट कोही पर जान नसक्ने बताए । साथै नेपाल र नेपालीको हितलाई ध्यानमा राखेर नै भारत र चीनसँग सम्वन्ध अघि बढाउने बताए ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget