Websoft University

www.radiomakalu.com || 021-522512


सहमतीय सरकारको ढोका काँग्रेसद्धारा बन्द – मन्त्री राई

विराटनगर, साउन १४ गते । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सहमतीय सरकारको ढोका नेपाली काँग्रेसले बन्द गरेकाले एमाले नयाँ सरकारमा नजाने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा ९एमाले०का नेता समेत रहनुभएका उहाँले मुख्य ठूला पार्टी सरकारमा सहभागी हुनुहुदँैन भन्ने काँग्रेसको अडानका कारण सहमतिको ढोका बन्द भएको स्पष्ट पार्नुभयो ।

उहाँले वर्तमान सरकारले ल्याएको कार्ययोजना र कार्यतालिकामा परिवर्तन गरेर भए पनि निर्धारित समयमै स्थानीय निकाय, प्रदेश, प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले नेकपा ९एमाले० प्रमुख प्रतिपक्षमा बस्ने र अब बन्ने सरकार कसरी अगाडि बढ्छ सोहीअनुरुप आफनो पार्टी प्रस्तुत हुने बताउनुभयो ।

उहाँले संविधान च्यातने, जलाउने र संविधानको पुनःलेखनको माग गर्ने पार्टीसँग काँग्रेस र नेकपा ९माओवादी० केन्द्रले साठगाठ गरेकाले यो गठबन्धन धेरै दिन नटिक्ने दाबी गर्नुभयो ।

मन्त्री राईले वर्तमान सरकारले नेपाली जनताको मन जितिसकेकाले संविधानको सफल कार्यान्वयन र मुलुकका हितका लागि प्रतिपक्षमा बसेर भए पनि एमालेले सक्दो सहयोग गर्ने बताउनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget