काठमाडौं,साउन १३ गते । इमेल हृयाकिङ सम्बन्धी एक विवादमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदका उमेदवार हिलारी क्लिनटनले आफ्ना रिपव्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पलाई अमेरिकाको सुरक्षा खतरामा पुर्याएको आरोप लगाएकी छिन् ।
डोनाल्ड ट्रम्पले रुसले हिलारी क्लिनटनको एकाउन्ट हृयाक गरेर संवेदनशील हजारौं इमेल प्राप्त गर्ने आशा व्यक्त गरेका छन् ।
हिलारी क्लिनटनको चुनाव प्रचारमा सहभागी प्रवक्ता जेक सुलिवानले अमेरिकी राष्ट्रपति पदका उमेदवारले विपक्षी उमेदवारको राजनीतिक विरोध गर्नुको सट्टा विदेशी शक्तिलाई जासूसी गर्न प्रोत्साहन गरिएको छ ।
उता रुसका प्रवक्ता दिमित्रि पेसकोवका अनुसार राष्ट्रपति पुटिनले धेरैपटक रुस कुनै दोस्रो देशको आन्तरिक मामलामा कहिले हस्तक्षेप गर्दैन । खास गरेर कुनै देशको चुनावी प्रक्रियामा ।
अमेरिका को संघीय जाँच एजेन्सी (एफबीआई) ले यसअघि नै हिलारी क्लिनटन विदेश मन्त्री भएको समयमा निजी इमेल सर्वरको लापरवाही ढंगले प्रयोग गरेको जनाएको छ । तर, यो अपराधको विषय होइन ।-अनलाइनखबरबाट
Post a Comment