Websoft University

www.radiomakalu.com || 021-522512


संसद बैठक फेरि पनि सूचना टाँसेर स्थगित

Samsad

काठमाडौं, असार ३१ गते । प्रमुख दलहरुबीचमा सरकारले पेश गरेका बिधेयक पारित गर्ने सहमति हुन नसकेपछि संसदको आजको बैठक पनि सूचना टाँसेर स्थगित भएको छ ।

सरकारले पेश गरेका आर्थिक बिधेयक र ऋण तथा जमानत उठाउने सम्बन्धी बिधेयक आज पारित गर्नुपर्ने थियो । साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष शुरु हुने भएकाले यी दुई बिधेयक पारित गर्नुपर्ने बाध्यता थियो ।

तर तत्कालिन सत्ता साझेदार माओवादी केन्द्रनै बिधेयक पारित गर्न नमानेपछि सहमति हुन सकेन । सभामुख ओनसरी घर्तीले प्रमुख सचेतकहरुसँग छलफल गरे पनि सहमति नभएकाले स्थगित गरिएको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।

संसदको अर्को बैठक साउन ६ गते बस्नेछ । साउन ६ गतेपछि अविश्वास प्रस्ताबमाथि छलफल हुनेछ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget