गोपाल किराती
नेकपा (माओवादी) केन्द्रका अध्यक्ष प्रचण्डप्रति व्यापक र गम्भीर टिप्पणी हुने गरेका छन् । त्यस्ता टिप्पणीमध्ये एक तिहाई सकारात्मक तथा दुई तिहाई नकारात्मक रहेको विश्लेषण गर्न सकिन्छ । त्यसमा पनि ‘अस्थिरता’को आरोपमा बढी नै प्रहार केन्द्रित छ । विद्यमान नेपाली राजनीतिमा सकारात्मक टिप्पणीले निर्माण र नकारात्मक टिप्पणीले ध्वंश निम्त्याउने स्वतः प्रष्ट छ । आखिर नकारात्मक टिप्पणीको अन्तर्यमा के छ, के प्रचण्ड त्यसका लायक नै हुन् या निश्चित वर्गदृष्टिकोणले त्यो काम गरिरहेको छ ? सामन्ती राजतन्त्रको युगबाट लोकतान्त्रिक गणतन्त्रको युगमा फड्को मारिरहेको नेपाली समाजका निम्ति जिम्मेवार पक्षले यसको जवाफ खोज्नै पर्छ ।
सोभियत सङ्घको विघटन र चीनमा पनि राजकीय पुँजीवादको स्थापनायता साम्राज्यवाद तथा विस्तारवादको खेमाले इतिहासको अन्त्य घोषणा गरेको थियो । जतासुकै कम्युनिस्ट आन्दोलनमा पराजय र ७० प्रतिशत भू–भाग कब्जा गरिसकेको पेरुको क्रान्तिमा पनि अन्ततः भयानक धक्का लागेको बेला नेपालमा तत्कालीन नेकपा (माओवादी)ले सशस्त्र जनयुद्ध उद्घोष ग¥यो । माक्र्सवाद–लेलिनवाद–माओवादप्रतिको दृढ प्रतिबद्धता र जनयुद्धको प्रमुख हुनुको कारण प्रचण्डप्रति विश्वको ध्यानाकर्षण स्वभाविक थियो ।
साम्राज्यवादी खेमाबाट कम्युनिस्ट खतराका रूपमा तथा उत्पीडित समुदायको खेमाबाट भरोसाका रूपमा नेपाली जनयुद्धका प्रमुख प्रचण्डप्रति त्यस्तो आकर्षण वृद्धि हुँदै गयो । सोभियतसत्ता विघटनयता एक ध्रुवीय शक्तिकेन्द्र बन्न पुगेको संयुक्त राज्य अमेरिका र त्यसका सहयोगीहरूका निम्ति ‘प्रचण्ड खतरा’ सिद्धान्ततः अनिवार्य थियो । त्यही खेमाको विचारमा आधारित सञ्चारजगत प्रचण्डको छाला काढेर सुकाउन तल्लीन छ ।
यस संक्षिप्त विश्लेषणबाट पनि भन्न सकिन्छ, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कुनै स्थानीय वा राष्ट्रिय मात्र होइन, मुख्यतः अन्तर्राष्ट्रिय आयामका पात्र बन्न पुगेका छन् । अतः प्रचण्डको विरोध वा समर्थनमा अनिवार्य रूपमा अन्तर्राष्ट्रिय वर्गसङ्घर्षको आयाम जोडिन पुगेको छ र त्यसै आधारमा प्रचण्डबारे विश्लेषण र संश्लेषण पनि गर्नुपर्दछ । अन्यथा दृष्टिविहीनद्वारा हात्तीको मूल्याङ्कन सावित हुन पुग्दछ ।
सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वास प्रस्तावको राजनीतिक विजयसम्मका प्रचण्ड कदमहरू गतिशीलता हुन् । परन्तु, बाह्र बुँदेको आधारमा भद्र सहमतिको इमानदारिता पालना गरेर खड्ग ओलीलाई प्रधानमन्त्रीको कुर्सीमा पु¥याउने मुख्यदाता र संविधान घोषणा स्वागत समारोहमा ‘हामी असल छिमेकी बन्न तयार छौँ, तर कसैको एस म्यान होइन’ भनेर राष्ट्रिय स्वाधीनता बोल्ने प्रचण्डका बारे सदनमा एक शब्द उच्चारण गर्न नसक्ने ओलीले दिऊँसै रातपार्ने धृष्टता गरेका छन् । माओवादी आन्दोलनप्रति ओली कति पूर्वाग्रही, असहिष्णु र कृतध्न रहेछन् ? अरू तथ्य खोजिरहनु परेन ।
दृष्टिकोणको प्रश्न
जीवन र जगतलाई हेर्ने भौतिकवादी र आदर्शवादी दुई वर्ग दृष्टिकोण हुन्छन् । मानव जातिले आफ्नो सैशवकालदेखि नै भौतिकवादको अभ्यास गरेको थियो । तर, प्रारम्भिक चरणमा त्यो आदिम भौतिकवाद थियो । आदिम भौतिकवादको विकास भएर यान्त्रिक भौतिकवाद बन्यो । यान्त्रिक भौतिकवादको विकास भएर द्वन्द्वात्मक भौतिकवाद बन्यो । फायरवाख र हेगेलको योगदानको संश्लेषण गरेर कार्लमाक्र्सले द्वन्द्वात्मक भौतिकवादको स्थापना गरे ।
माओवादीहरू द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोण अख्तियार गर्दछन् । जीवन र जगत, कुनै घटना र अस्तित्व वा प्रचण्डसमेतलाई हेर्ने र बुझ्ने कम्युनिस्ट दृष्टिकोण त्यही द्वन्द्वात्मक भौतिकवादी विज्ञानमा आधारित रहन्छ । द्वन्द्ववादलाई अर्को शब्दमा अन्तरविरोध पनि भनिन्छ । अन्तरविरोधको नियम अनुसार विपरीतहरूबीच एकता र एकको दुईमा विभाजन नै जीवन र जगतको वैज्ञानिक नियम हो ।
मानव जातिको इतिहास, वर्तमान र भविष्यलाई कम्युनिस्टहरू यही द्वन्द्वात्मक भौतिकवादी विज्ञानको दृष्टिले हेर्छन् र बुझ्छन् । यही हेराइ र बुझाइमा आधारित बनेर सामाजिक न्यायको पक्षमा दुनियाँ बदल्न प्रयत्नशील रहन्छन् । यसैलाई उनीहरू वर्गसङ्घर्ष र क्रान्ति भन्छन् ।
यो ऐतिहासिक दृष्टिकोणले हेर्दा आजको अमेरिका शास्वत महाशक्ति थिएन । सभ्यताको विकासयता सुरुमा युनानी साम्राज्य थियो । त्यसपछि बेलायत हुँदै दोस्रो विश्वयुद्धपछि मात्र अमेरिका महाशक्ति बन्न पुगेको हो । साम्राज्यवादी विकासमा अमेरिका उत्कर्षमा पुगिसकेको छ र त्यसको स्थान चीनले लिने कुरा तत्थ्यहरू बताइरहेका छन् ।
जापान र दक्षिण कोरिया नेपालभन्दा हजार गुणा बढी स्रोतसाधन सम्पन्न होलान् । परन्तु उनीहरूको देशमा अमेरिकी सेनाको अखडा छ । यीलगायत १ सय ४० देशमा संयुक्त राज्य अमेरिकाको सैनिक अखडा छ । के यही हो पञ्चशीलको सिद्धान्तको पालना ? साथसाथै मध्यपूर्वमा कथित सभ्यताको निर्यात भन्दै अमेरिकी नेतृत्वमा नेटोले लगातार आक्रमण गरिरहेको छ । सार्क मुलुक अफगानिस्तानमाथि हमला गर्छ । १२ बुँदे समझ्दारी भाँड्न नेपालका लागि अमेरिकी राजदूत मोरियार्टी दिल्ली दौडन्छ ।
युरोपका कतिपय मुलुक र छिमेकी भारत डमी अमेरिका बन्न खोज्छन् । नेपालको शान्ति प्रक्रिया तथा अग्रगामी रूपान्तरणमा बाधा पु¥याउँछन् । परन्तु ठूलो माछाले सानो माछा खाने सिद्धान्त उनीहरूमाथि पनि लागू हुने स्थितिप्रति बेखबर रहन्छन् ।
अतः प्रष्ट छ, इस्लामिक राष्ट्रवादलाई समेत फुटेको आँखाले देख्न नसक्ने साम्राज्यवादी अमेरिका माओवादी आन्दोलन र त्यसको सुप्रिमो प्रचण्डलाई कसरी स्वीकार गर्छ ? किमार्थ गर्दैन । हो, जान वा अन्जानमा प्रचण्डनको छाला कढाइ त्यही साम्राज्यवादी अमेरिका र त्यसका सहयोगीहरूको रणनीति अन्तर्गत हुने गरेको छ ।
विज्ञान र प्रविधि तथा सूचना र सञ्चारमा भएको अभूतपूर्व विकास र त्यसमाथि महाशक्तिका पृष्ठपोषक धनाढ्यहरूको स्वामित्व हुनाको कारण त्यसलाई नेपालमा माओवादी आन्दोलन सह्य छैन । त्यसैको व्यावहारिक अभिव्यक्ति सञ्चारजगतमा प्रचण्डलगायत क्रान्तिकारीहरूको भण्डफोर हो भनेर बुझ्न कठिन पर्दैन । परन्तु– रणनीतिक दृष्टिले साम्राज्यवाद कागजी बाघ हो ।
सामाजिक क्रान्तिमा गतिको नियम
स्टेफन हकिङ्सकृत महाधमाका सिद्धान्त अनुसार सौर्य परिवारको प्रधानसेनापति सूर्य पनि बेगवान गतिमा दौडिरहेका छन् । महासङ्कुचन, विष्फोट र ऐक्यरूपता आधारित सौर्य तथा तारामण्डल सबै गतिमान छन् । त्यसको एक अंश पृथ्वी त्यही गतिमा अग्रसर छ । पृथ्वीका विशाल जल, थल तथा वनस्पतिसँगै मानिस गतिमान छ । मानिसको मुटु र रक्तनली गतिमान छ । यदि गति रोकिने हो भने यी कुनै पनि वस्तु–अस्तित्व स्वतः समाप्त हुन्छन् ।
जसरी विपरीतहरूबीचको एकता सापेक्ष र सङ्घर्ष निरपेक्ष हुन्छ, ठीक त्यसरी नै हरेक वस्तुको स्थिति सापेक्ष र गति निरपेक्ष हुन्छ । यसलाई बुझ्न उही द्वन्द्ववादी विज्ञानको सहयोग लिनुपर्छ ।
मृत्यु नभए जीवन हुँदैन, रात नभए दिन हुँदैन, कालो नभए सेतो हुँदैन । आदि व्यावहारिक उदाहरणबाट गति र स्थितिको द्वन्द्वात्मक सम्बन्ध बुझ्न सकिन्छ । अर्थात मृत्युको शर्तमा मात्र जीवन प्राप्त हुन्छ, अध्याँरो रातको शर्तमा मात्र उज्यालो दिन प्राप्त हुन्छ इत्यादि । यदि मृत्यु नहुने हो भने जीवनको अर्थ के होला ? रात नहुने हो भने दिनको अर्थ के होला ? त्यस्तै गति नहुँदो हो त स्थितिको अस्तित्व कहाँ खोजिन्थ्यो होला ? अतः गति र स्थितिको सम्बन्ध द्वन्द्वात्मक, अन्तरविरोधपूर्ण र सापेक्षित छ । जसले वस्तुस्थिति निर्धारण गर्छ ।
अल्बर्ट आइन्सटाइनको सापेक्षतावादको सिद्धान्तको सारतत्व पनि यही हो ।
दार्शनिक सिद्धान्त र व्यावहारिक अभ्यास दुबै दृष्टिले गति र स्थिरता एकसाथ रहन सक्दैनन् । एकले अर्कोलाई निषेध गर्छन् । अर्थात यिनको सम्बन्ध अन्तर्विरोधपूर्ण छ । फेरि यसैमा गति र स्थिरताको अस्तित्व पनि सुरक्षित रहन्छ ।
विद्यमान नेपालमा सामाजिक क्रान्तिको कार्यभार संविधानसभाबाट घोषित संविधान कार्यान्वयन गर्नु हो । संविधानका जनपक्षीय उपलब्धिहरू संस्थागत गर्नु हो । त्यस निम्ति सङ्घीय गठबन्धनसँग सार्थक वार्तागरी नयाँ संविधान अनुसार निर्वाचन सम्पन्न गर्नु हो । शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने, पुनः निर्माण कार्यलाई प्रभावकारी तुल्याउने र छिमेकी सम्बन्ध सन्तुलनमा ल्याउने प्राथमिकता अहिलेका सामाजिक क्रान्ति हुन् । त्यस निम्ति गतिमान प्रचण्ड इतिहासको आवश्यकता बन्छ ।
गतिशील प्रचण्ड
मानव हुनुको हैसियतमा अध्यक्ष प्रचण्डका पनि सीमा र कमजोरीहरू अवश्य छन् र हुन्छन् । परन्तु, प्रचण्डलाई एकको दुईमा विभाजन गरेर हेर्दा उनमा रहेको सकारात्मक र नकारात्मक, सबल र दुर्बलमध्ये कुन पक्ष प्रधान छ ? वस्तुगत आधारमा निरूपण गर्नुपर्दछ । तब मात्र प्रचण्डमाथिको मूल्याङ्कन वैज्ञानिक ठहर्छ । द्वन्द्ववादी दृष्टिले हेर्दा प्रचण्डका सकारात्मक र सबल पक्ष प्रधान छन् । यससँगै प्रचण्डका नारात्मक र दुर्बल पक्ष पनि छन्, जो सहायक हुन् ।
साम्राज्यवाद र विस्तारवादको खेल मात्र होइन, वस्तुलाई हेर्ने र बुझ्ने स्वयं व्यक्तिको दृष्टिकोणले पनि स्थितिलाई प्रभावित गर्छ । जसले होलाई हो र होइनलाई होइनका रूपमा मात्र बुझ्दछ । त्यसैलाई यान्त्रिक भौतिकवाद भनिन्छ । हो, यान्त्रिक भौतिकवादी आँखाले हेर्दा प्रचण्ड निश्चय नै अस्थिर देखिन्छन् । परन्तु, यान्त्रिक भौतिकवाद प्रकृति, समाज र चिन्तन प्रतिकुल दृष्टिकोण हो । जसले समाज विज्ञानको प्रतिनिधित्व गर्न सक्दैन । र नै द्वन्द्वात्मक भौतिकवादद्वारा त्यसलाई खारेज गरियो ।
द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणले हो पनि र होइन पनि को रूपमा वस्तुलाई हेर्दछ र बुझ्द छ । त्यसैले मृत्युसँगै जीवन तथा रातसँगै दिनको अस्तित्व अभिन्न रूपमा जोडिने तथ्य स्वीकार गर्दछ । अतः इतिहासले प्रमाणित गरिसकेको छ कि प्रचण्डको अस्थिरता वस्तुतः गतिशीलता हो । गतिको अभावमा देश, जनता र पार्टी मात्र होइन, स्वयं प्रचण्डकै अस्तित्व चुनौतीमा पुग्दथ्यो । यसरी गतिमान प्रचण्डको अस्तित्व प्रमाणित हुन्छ ।
प्रश्न छ, के प्रचण्ड गति नहुँदो हो त नेपालमा संविधानसभा, गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, आंशिक भए पनि समानुपातिक प्रणाली, मौलिक अधिकार, समाजवादउन्मुख राज्य सम्भव हुन्थ्यो ? के काङ्ग्रेस र एमालेका नेता गणतन्त्र नेपालको राष्ट्रपति सम्भव हुन्थ्यो ? के हस्ताक्षर गर्नसम्म नजान्ने नेपाली संविधानसभाको सदस्य सम्भव हुन्थ्यो ? के एमालेका तीन–तीनजना प्रधानमन्त्री सम्भव हुन्थ्यो ? किमार्थ हुँदैनथ्यो । यद्यपि इतिहासको निर्माता जनसमुदाय हुन् ।
नेपाली समाजको केही तत्व त्यो हदसम्म कृतध्न छ, जसले राष्ट्रिय हितमा बोलेका डा. हर्क गुरुङलाई झुण्ड्याउन माग गरेका थिए । प्रचण्ड पनि मृत्युको शर्त स्वीकार गरेर जन्मेका प्राणी हुन् । त्यसैले उनको भौतिक मृत्यु अवश्यम्भावी छ । दुनियाँलाई थाहा छ, लेनिन र माओ जसरी क्रान्ति सम्पन्न गर्न कठिन साध्य भए पनि नेपालमा प्रचण्ड आफ्नो पुस्तका अत्यन्त प्रभावशाली नेता हुन् ।
आदर्शवादलाई सहयोग पु¥याउँदै उत्तरआधुनिकतावादी बुज्रुकहरू भन्छन्– साम्यवाद र ईश्वर मिथ्या हुन्, किनभने यी दुवै देखिएका छैनन् । परन्तु मानवशास्त्र÷समाजशास्त्र पढेका सबैलाई थाहा छ, इतिहासमा आदिम सम्यवाद थियो । आदिम साम्यवाद हुनुको परिणाम भविष्यमा आधुनिक साम्यवाद अवश्यम्भावी छ । त्यो मात्र होइन, जीवनमै अभ्यास गरिएको पेरिस कम्युन, सोभियत समाजवाद र चिनियाँ क्रान्तिका प्रारम्भिक अभ्यासहरू देखिएका राज्यप्रणाली थिए । तर साम्यवाद जसरी आदिम ईश्वर थिएन । आदिम नभएपछि आधुनिक ईश्वर हुने कुरै भएन ।
अध्यक्ष प्रचण्डले अख्तियार गरेको विचार वैज्ञानिक छ । वैज्ञानिक हुनुको अर्थमा अखण्डनीय छ । प्रचण्ड पनि नेपाली समाजका अभिव्यक्ति नै हुन् । सीमा र कमजोरीका बाबजुद देश र जनताको पक्षमा अत्यन्त सक्रिय र गतिशील छन् । दलीय प्रतिष्पर्धा स्वीकार गर्ने पार्टीको नेता हुनुका आधारमा आ–आफ्नो वर्ग दृष्टिकोण अनुसार समर्थन र विरोध गर्ने स्वतन्त्रता सबैलाई छ । परन्तु, तथ्यको आधारमा सत्य खोज्ने र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्ने प्रवृत्तिको विकास टड्कारो छ ।
अन्त्यमा सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वास प्रस्तावको राजनीतिक विजयसम्मका प्रचण्ड कदमहरू गतिशीलता हुन् । परन्तु, बाह्र बुँदेको आधारमा भद्र सहमतिको इमानदारिता पालना गरेर खड्ग ओलीलाई प्रधानमन्त्रीको कुर्सीमा पु¥याउने मुख्यदाता र संविधान घोषणा स्वागत समारोहमा ‘हामी असल छिमेकी बन्न तयार छौँ, तर कसैको एस म्यान होइन’ भनेर राष्ट्रिय स्वाधीनता बोल्ने प्रचण्डका बारे सदनमा एक शब्द उच्चारण गर्न नसक्ने ओलीले दिऊँसै रातपार्ने धृष्टता गरेका छन् । माओवादी आन्दोलनप्रति ओली कति पूर्वाग्रही, असहिष्णु र कृतध्न रहेछन् ? अरू तथ्य खोजिरहनु परेन ।

Post a Comment