Websoft University

www.radiomakalu.com || 021-522512


इटालीलाई हराउँदै जर्मनी युरोकपको सेमिफाइनलमा


एजेन्सी , असार १९ गते । जर्मनी युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इटालीलाई सडन डेथमा पराजित गर्दै जर्मनी युरोकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
फ्रान्सको बोर्डोमा शनिबार राति भएको तेस्रो क्वाटरफाईनल खेलको निर्धारित समयमा दुवै टोलीले एक एक गोल गर्दै बराबरी खेलेका थिए । जर्मनीका मेसुत ओजिलले पहिलो गोल गरेका थिए भने ईटालीका लियानार्दो बोनुर्चीले पेनाल्टी मार्फत खेललाई बराबरी बनाएका थिए ।
 त्यसपछि थपिएको ३० मिनेटको समयमा दुवै टोलीले कुनै गोल गर्न सकेनन् । त्यसपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पहिलो पाँच प्रहारमा दुई दुई गोल गरेका दुवै टिमले दोस्रो पटकको पेनाल्टी सुटआउटको चौथो बलमा ईटालीका माटियो डार्मीयानले बललाई जाली चुमाउन नसकेपछि जर्मनीले जीत हात पारेको हो ।
अब सेमिफाइनलमा जर्मनीले फ्रान्स र आइसल्याण्डबीच भएको अन्तिम क्वाटरफाइनल खेलको बिजेतासँग प्रतिस्पर्धा गर्र्नेछ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget