Websoft University

www.radiomakalu.com || 021-522512


कश्मिरको हिंसा नियन्त्रणबाहिर,कश्मिरका १० जिल्लामा कफ्र्यु जारी


kashmir-violence
भारत नियन्त्रित कश्मिरमा जारी हिंसालाई नियन्त्रणमा लिनका लागि उक्त क्षेत्रका अखबारमा प्रतिबन्ध लगाइएको छ । प्रशासनले स्थानीय पत्रिकाको अफिसमा छापामा मारेर पत्रिकाका प्रतिहरु जफत गरेका छन् ।

पत्रिकामा सेन्सरसिप लगाएपछि स्थानीय पत्रकार तथा सञ्चारकर्मीले यसको विरोधमा प्रदर्शन समेत गरेका छन् । शुक्रबार राती प्रिन्टिङ प्रेसहरुमा समेत छापा मारिएको थियो ।पछिल्लो पटक जारी हिंसामा कश्मिरमा मारिनेको संख्या ४३ पुगिसकेको छ । त्यस्तै १५ सय सुरक्षाकर्मी र ३१४० सर्वसाधारण घाइते भएको बताइएको छ ।


सन् १९९० पछि उक्त क्षेत्रमा पहिलो पटक मिडियामा सेन्सरसिप गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।उक्त क्षेत्रमा यसअघि नै मोबाइल, टेलिफोन र इन्टरनेट बन्द छ भने केबल लाइन पनि काटिएको छ ।

पाकिस्तानमा कालो दिन मनाइने

कश्मिरमा जारी हिंसाको विरोधमा पाकिस्तानमा जुलाई २० मा कालो दिन मनाउने भएको छ ।शुक्रबार पाकिस्तानको संघीय क्याबिनेटले अलगाववादी नेता बुरहान बानीको हत्याको विरोधमा कालो दिन मनाउने फैसला गरेको थियो ।

सन् १९४७ अक्टोबर ३१ मा जवहरलाल नेहरुले कश्मिरमा जनमतसंग्रहको वाचा गरेर त्यसलाई हालसम्म पूरा नगरेकोमा भारत प्रशासित कश्मिरमा लामो समयदेखि सरकारप्रति असन्तुष्टि रहेको छ । त्यहाँको असन्तुष्टि दबाउन लामो समयदेखि ठूलो मात्रामा सैनिक परिचालित गरिँदै आइएको छ ।



कश्मिरका १० जिल्लामा कफ्र्यु जारी

प्रदर्शन शुरु भएको आठौं दिनमा पनि कश्मिरमा हालत तनावपूर्ण रहेको छ । उक्त क्षेत्रका १० जिल्लामा अहिले पनि कफ्र्यु जारी छ । यसको बावजुद प्रदर्शनकारीले पाकिस्तानको झण्डा लिएर उक्त क्षेत्रमा प्रदर्शन गरिहेका छन् । भारतविरोधी नाराबाजी भइरहेको छ ।



कुपवाडामा प्रहरी चौकीमाथि प्रदर्शनकारीहरुले आक्रमण गरेका थिए । उनीहरुले पेट्रोल बम प्रहार गरेर प्रहरी चौकी जलाउने प्रयास गरेका थिए ।बाँडीपोरमा पनि प्रहरी गार्ड रुममा आक्रमण भएको थियो । यसमा प्रहरी इन्सपेक्टरसहित चार प्रहरी घाइते भएका थिए ।
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget