Websoft University

www.radiomakalu.com || 021-522512


ताप्लेजुङको तामोर नदी थुनियो, स्थानीय त्रसित


ताप्लेजुङको तामोर नदी थुनियो, स्थानीय त्रसित

तमोर नदीको फाइल तस्बिर ।

ताप्लेजुङ असार  २६ गते      ।   पहिरो खसेर ताप्लेजुङमा तमोर नदी थुनिएको छ । सावादिन गाविस एकमा पर्ने मित्लुङ भन्ने भिरबाट पहिरो खसेर तमोर नदी थुनिए पछि तल्लो तटीय क्षेत्रका तीनवटा बजार जोखिममा परेका छन् । बिहान करिव २ बजे माथीबाट पहीरो खसेर नदी थुनिए पछि नजिकैको मित्लुङ बजार, दोभान बजार, हान्द्रुङ लगायतका तल्लो तटिय क्षेत्रका बस्ति जोखिममा परेका छन् भने स्थानियबासी बाढी आउने खतराले त्रसित भएका छन् ।

सो क्षेत्रबाट अझै पनि पहिरो खस्न सक्ने सम्भावना रहेकाले थप खतरा रहेको मितलुङबासीले बताएका छन् । अहिले थुनिएको नदीले केही भाग कटान गरेर पानी बगिरहेको भए पनि खतरा कायमै रहेको प्रहरीले बताएको छ ।

मितलुङमा रहेका शिक्षक चन्द्र तामाङका अनुसार बजारको तल्लो भाग पूरै थुनेर पानी बस्तीतिर पस्न लागेको छ । नदी थुनिएर बनेको पोखरीको माथिल्लो भागबाट पानी निकासा हुन थालेपनि पहिरो झर्ने क्रम जारी रहेकाले बस्ती जोखिममा परेको उनले बताए । त्यस क्षेत्रमा २१ घरधुरी छन् ।

त्यस्तै हान्द्रुङका २५ र दोभानका ६० घर पनि उच्च जोखिममा छन् । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख शैलेन्द्रकुमार यादवले हान्द्रुङ र दोभानका बासिन्दालाई सतर्क रहन खबर गरिएको जानकारी दिए । उनले मिलतुङ क्षेत्रमा प्रहरी परिचालन गरेको पनि बताए । नदी थुनिएको खबर पाउनासाथ प्रहरीको टोली सो क्षेत्रमा पुगि सकेको छ । यँहा स्थित नयाँ रणभिम गुल्मबाट नेपाली सेनाको टोली पनि जाने तयारीमा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ ।
सतर्क रहन आग्रह

यस्तै तमोर नदी आसपासका स्थानियबासीलाई सतर्क रहन समेत आग्रह गरिएको प्रहरीले जनाएको छ । अहिले पहरो खसर थुनिएको केही भागलाई नदीले कटान गरेर बगि रहेको भए पनि थप पहिरो खस्ने भएकाले खतरा कायमै रहेको बताईएको छ ।

नदीमा विगतको तुलनामा नदीमा पानीको बहाव पनि बढेको ईलाका प्रहरी कार्यलय दोभानले जनाएको छ । यता सो क्षेत्रमा रहेको जीवन लाबुङ र दिल बहादुर लाबुङको दुई वटा घर डुवानमा परेको र जीबन लाबुङकै एक हल गोरु नदीले बगाएको प्रारम्भिक जानकारी आए पनि क्षतिको पुर्ण विवरण आइनसकेको प्रहरीले जनाएको छ ।- अन्नपूर्णबाट  

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget