Websoft University

www.radiomakalu.com || 021-522512


धरहरा पुनर्निर्माणमा एक करोड सहयोग

Dharahara-Punarnirman

काठमाडौं, असार २८ गते । म बनाउँछु मेरो धरहरा अभियानको कोषमा आज एक करोड रुपैयाँ सहयोग थपिएको छ । मंगलबार नेपाल पुनर्बीमा कम्पनीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।

साता अघि काठमाडौंमा भएको कम्पनीको साधारण सभाले नेपाल सरकारको म बनाउछु मेरो धरहरा अभियानमा सहयोग गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान सहयोग रकमको चेक बुझ्दै प्रधानमन्त्री ओलीले धरहरालाई सबैले मेरो भन्ने अनुभूति गर्न सहयोग गर्नुपर्ने बताए ।

नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष महेश गुरागाईंले कम्पनीले आर्जन गरेको नाफाबाट धरहरा बनाउन सहयोग गरेको बताए ।

विनाशकारी भूकम्पबाट ध्वस्त धरहराको निर्माणका लागि आर्थिक स्रोत जुटाउन सरकारले म बनाउँछु मेरो धरहरा अभियान सञ्चालन गरिरहेको छ । धरहरा पुनर्निर्माणका लागि प्रधानमन्त्री र मन्त्रीहरुले एक महिना बराबरको तलब सहयोग गरी सो कोष प्रारम्भ भएको थियो ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget