Websoft University

www.radiomakalu.com || 021-522512


सहमति नभए पनि आज संसद चल्नुपर्छः कांग्रेस-माओवादी

Parliament-Building of Nepal


काठमाडौं,साउन ७ गते । सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले आज व्यवस्थापिका संसद बैठक बस्नुपर्ने बताएका छन् । साथै उनीहरुले अविश्वासको प्रस्तावमाथि छलफल गर्नु पर्ने अडान दोहोर्‍याएका छन् ।

बिहीबार प्रमुख दलहरुबीच सहमतिको प्रयास सुरु भएपछि संसद बैठक बस्दै नबसेर स्थगित भएको थियो । आजको बैठक दिउँसो २ बजे बोलाइएको छ । र, त्यसअघि मध्याह्न १२ बजे शीर्ष बैठक बोलाइएको छ ।

कांग्रेस र माओवादीले शीर्ष बैठकमा सहमति भए पनि नभए पनि संसद बैठक चलाउनु पर्ने बताएका छन् ।

कांग्रेस नेता बालकृष्ण खाँडले अनलाइनखबरसँग भने, ‘आज हाउस चल्नुपर्छ र प्राथमिकताका आधारमा अविश्वासको प्रस्तावमाथि छलफल गर्नुपर्छ भन्ने हाम्रो मत छ ।’

सभामुखले पनि सहमतिको प्रयास गर्छु नभए पूर्वनिर्धारित कार्यसूचीअनुसार बैठक सुरु गर्छु भनेको भन्दै कांग्रेस सचेतक ईश्वरी न्यौपानले आज संसद बैठक सुरु गर्नुपर्ने बताइन् ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget