Websoft University

www.radiomakalu.com || 021-522512


माओवादीले ओली सरकारबाट समर्थन फिर्ता लिँदै, मन्त्री फिर्ता बोलाउने

Prachanda-Oli

काठमाडौं, असार २८ गते । माओवादी केन्द्रले आज मन्त्रीपरिषद्बाट आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने भएको छ । एमालेले नौ बुँदे लिखित र तीन बुँदे भद्र सहमति पालना नगरेपछि राष्ट्रिय सरकारको पहलका लागि भन्दै माओवादीले आफ्ना मन्त्री फिर्ता गर्न लागेको हो ।

माओवादी स्रोतका अनुसार प्रचण्डले आज नै प्रधामन्त्री केपी ओलीलाई भेटेर समर्थन फिर्ता लिएको पत्र बुझाउने छन् । यो सँगै एमाले–माओवादी गठबन्धन भत्कनेछ र नयाँ गठबन्धनका लागि औपचारिक बाटो खुल्नेछ ।

कांग्रेस र माओवादीबीच नयाँ गठबन्धनका लागि करिब करिब सहमति बनेको छ । माओवादीले सरकारबाट समर्थन फिर्ता लिए लगत्तै दुई पार्टीबीच राष्ट्रिय सहमतिको सरकारका लागि संयुक्त पहल शुरु हुनेछ ।

हिजो सँझ भएको भेटमा प्रचण्डले सहमतीय सरकार बनाउनका लागि राजिनामा दिएर बाटो खोलिदिन प्रधानमन्त्री ओलीसँग आग्रह गरेका थिए । तर, ओलीले आफूले राजिनामा नदिने बताएपछि प्रचण्डले आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेका हुन् ।
सहमतीय सरकारको कसरत : बाटो खोलिदिन प्रधानमन्त्री ओलीलाई प्रचण्डको आग्रह

माओवादी केन्द्रीय कार्यालय बैठकले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि सम्पूर्ण निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको थियो । यही अनुसार प्रचण्डले आइतबार र सोमबार प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवासँग छुट्टाछुट्टै भेट गरेका थिए ।

स्रोतका अनुसार सोमबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेस र माओवादीका दोस्रो तहका नेताले भावी गठबन्धनका विषयमा सहमतिको प्रारम्भिक मस्यौदा तयार गरेका थिए ।

यो पनि पढ्नुहोस् :
ओलीको कुर्सी कसरी पर्यो धरापमा ?

माओवादी एमाले गठबन्धन भत्कने निश्चित भएको समाचार सबैभन्दा पहिले रातोपाटीले हिजो दिउँसो प्रकाशित गरेको थियो ।
यस्तो थियो समाचार :
ओली सरकारसँग माओवादीको सम्बन्ध विच्छेद निश्चित !

माओवादीको समर्थन फिर्तापछि सरकार यसरी अल्पमतमा पर्छ

ओली सरकार ढाल्न प्रचण्डको एउटा निर्णय काफी हुन्छ । माओवादीले समर्थन फिर्ता लिए सरकारको पक्षमा २५३ सांसद मात्र हुन्छन् । एमाले १८२, राप्रपा नेपाल २५, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक १४, राप्रपाः १२, नेकपा माले ५, नेमकिपा ४, राष्ट्रिय जनमोर्चा ३, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक २, नेपाल परिवार दल २, मधेस समता पार्टी १, नेपाः राष्ट्रिय पार्टी १, बहुजन शक्ति पार्टी १ र अखण्ड नेपाल पार्टी १ सांसदको भरमा सरकारलाई निरन्तरता दिन ओलीका लागि सम्भव हुने छैन ।

माअ‍ोवादीको समर्थन फिर्ताले विपक्षी बेन्चमा बहुमत पुग्छ । माओवादीले समथन फिर्ता लिदा कांग्रेस २०७, एमाओवादी ८२, संघीय समाजवादी फोरम नेपाल १५, तमलोपा ११, सद्भावना पार्टी ५, तराई मधेस सद्भावना पार्टी ३, राष्ट्रिय मधेस समाजवादी पार्टी ३, नेकपा संयुक्त ३, थरुहट तराई पार्टी २, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट १, खम्बुवान राष्ट्रिय पार्टी १, नेपाली जनता दल १, फोरम गणतान्त्रिक १, संघीय सद्भावना पार्टी १, जनजागरण पार्टी १, नेपाल सद्भावना पार्टी १, दलित जनजाति पार्टी १, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) १ र स्वतन्त्र १ सांसद विपक्षीमा हुन्छन्। ओलीको विपक्षीमा ३४१ सांसद हुन्छन् ।- रातोपाटीबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget