Websoft University

www.radiomakalu.com || 021-522512


सुनसरीका सीडिओ भन्छन्- कोशीमा आइएसले धम्की दिएको होइन

भारतबाट आएको सूचनाको वैधानिकतामाथि प्रश्नMohan-Bahadur-Chapagai
काठमाडौं,साउन ११ गते । सप्तकोशी पुल भएर यात्रा गर्ने नेपाली नागरिकले यतिबेला दुःख पाइरहेका छन् । संकटकालमा जस्तै गरेर प्रहरीले सवारी साधनमाथि चेकजाँच थालेको छ । भारतको वीरपुरबाट आएको एउटा चिठीका कारण नेपालीले यसरी सास्ती पाउनु परेको हो ।

नेपालमा अहिलेसम्म कुनै पनि इस्लामिक आतंकवादी संगठनले धम्की दिएको वा हिंसात्मक घटना गराएको अवस्था छैन । तर, भारतबाट कुनै पनि आधिकारिकताको पुष्टि नगरिएको पत्रकै आधारमा कोसी ब्यारेजमा प्रहरी परिचालन गरिएको छ र सुरक्षा जाँचका नाममा नेपालीहरुमाथि खानतलासी सुरु गरिएको छ ।

के स्लामिक स्टेट (आइएस) ले कोशी ब्यारेज भत्काइदिने धम्की दिएको हो ? अनलाइनखबरको प्रश्नमा सुनसरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) मोहनबहादुर चापागाईँले भने- ‘कोशी ब्यारेजमा आइएसले धम्की दिएको होइन । त्यहाँ थ्रेट छ भन्ने कुरो आएपछि सुरक्षा सचेतता अपनाइएको मात्रै हो ।’

भारतको बिहारअन्तरगत सुपौलका डिस्टि्रक्ट मेजिष्ट्रेड बैजनाथ यादवको पत्र अनुसार सुरक्षा सतर्कता अपनाइएको भनिए पनि सुनसरी र सप्तरी जिल्ला प्रशासनलाई यादवको डाइरेक्ट पत्र आएको होइन । बरु वीरपुर सिँचाइ विभागले नेपालको जिल्ला प्रशासनलाई चिठी लेखेको पाइएको छ ।

प्रजिअ चापागाईँ भन्छन्- ‘सुपौलका डीएमले भारतकै वीरपुरको सिँचाइ विभागलाई पत्र लेख्यो । र, वीरपुरको सिँचाइ विभागले हामीलाई लेख्यो ।’

वीरपुर सिँचाइ विभागबाट नेपालका दुई जिल्ला प्रशासनलाई पठाएको पत्रमा तीनवटा आतंकवादी संगठनहरुको नाम उल्लेख भएको सिडिओ चापागाईले अनलाइनखबरलाई बताए ।

प्रजिअका अनुसार सिँचाइ विभागको पत्रमा लस्कर ए तोएबा, जे एस ए महम्मद र मुजाहिद्दीनको नाम उल्लेख गरिएको छ । तर, आइएसका बारेमा कुनै चर्चा छैन ।

यी तीनवटा मुस्लिम अतिवादी संगठनले भारतका महत्वपूर्ण प्रतिष्ठानहरुमा तार्गेट गर्ने योजना बनाएको पत्रमा भनिएको छ । ती प्रतिष्ठानमा कोसी ब्यारेज पनि पर्छ भन्दै वीरपुर सिँचाइ विभागले सुरक्षा सजगता अपनाइदिन पत्रमा आग्रह गरेको छ ।

यसबारे थप जानकारी दिँदै प्रजिअ चापागाईले अनलाइनखबरसँग भने- ‘कोशी ब्यारेजको सुरक्षा गर्ने सुनसरी र सप्तरीको स्थानीय प्रसासनले हो । त्यो हिसाबले यहाँको सुरक्षा अलिकति सुदृढ बनाइदिनुपर्‍यो भनेर पत्र आएपछि हामीले गृहमन्त्रालयलाई तत्कालै जानकारी गरायौं ।’

धम्कीको वैधानिकतामाथि प्रश्न

भारतीय पक्षले आयोजनाहरुमा आतंकवादीहरुबाट आक्रमणको धम्की आएको भन्दै नेपाललाई तर्साए पनि पत्रमा त्यस्तो धम्कीलाई पुष्टि गर्ने कुनै तथ्यहरु उल्लेख छैन । कोसी ब्यारेजमा आतंकवादीको थ्रेट रहेको प्रमाण भारतीय पत्रले दिन सकेको छैन । प्रमुख जिल्ला अधिकारी चापागाईं यसको विश्वसनीयता, आधिकारिकता र वैधानिमतामाथि विश्लेषण हुन बाँकी रहेको बताउँछन् ।

भारतीय पक्षले गरेको थ्रेटको दाबीबारे चापागाईले अनलाइनखबरसँग भने-‘त्यसको विश्वसनीयता कति हो ? राइट च्यानलबाट आयो कि आएन ? त्यसको लेजिटिमेसी अर्थात वैधानिकता कति छ ? यी कुरा विश्लेषणको छुट्टै पाटो त छँदैछ । पत्रमा उनीहरुले त्यसको वैधानिकताको कुनै पुष्टि गरेका छैनन् ।’

तर, धम्कीको आधिकारिकता पुष्टि नभए पनि सुरक्षासँग जोडिएको विषय भएकाले सुनसरी र सप्तरी जिल्ला प्रशासनबाट ब्यारेजको सुरक्षामा सचेततता अपनाइएको चापागाईले अनलाइनखबरलाई बताए ।

प्रजिअले अनलाइनखबरसँग भने- ‘आधिकारिकता जे भए पनि वास्तवमा इन्फरमेसन भनेको इन्फरमेसन हो, सही भए पनि गलत भए पनि यो सूचना सुरक्षासँग जोडिएको हुनाले त्यहाँ सुरक्षा सतर्कता बढाउँदा राम्रै हुन्छ भन्ने हिसाबले हामीले गरेका हौं ।’

तर, प्रहरीले सुरक्षा सतर्कता बढाउने नाममा यात्रुहरुलाई समेत गाडीबाट रोकेर चेकजाँच गर्न थालेपछि नागरिकहरुले सास्ती पाउन थालेका छन् । कति दिनसम्म यसैगरी सास्ती दिने भन्नेमा पनि प्रशासन स्पष्ट छैन ।

अर्कोतर्फ भारतबाट आएको सूचनाको आधिकारिकता नै नभएको अवस्थामा नेपालमा जुन त्रास देखिएको छ, यसले शान्त रहेको नेपालमा मुस्लिम आतंकवादीका नाममा अनावश्यक भय उत्पन्न भएको छ ।

र, यसले नेपाल असुरक्षित छ भन्ने नराम्रो सन्देश प्रवाह हुने खतरासमेत बढेको छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget