Websoft University

www.radiomakalu.com || 021-522512


सरकारसंगको सहमतिपछि डाक्टर गोविन्द केसीद्धारा आठौ पटकको अनशन त्याग



मेडिकल शिक्षा क्षेत्रमा भएको विकृति अन्त्य गर्नुपर्ने माग राख्दै आठौं पटक अनशन बस्नुभएका डा। केसीले १६ औं दिनमा अनशन तोड्नु भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको लागि आएका बिरामीको हातबाट जुस खांदै केसीले अनशन तोड्नुभएको हो ।


शिक्षण अस्पताल महाराजञ्जमा उपचारको लागि आएका सिन्धुपाल्चोकका ५ वर्षीय सरोज नेपाली, सिराहाबाट छोराको उपचार गर्न आएकी अनितादेवी महतो र गोरखाका भिक्षु छेवाङ नुर्वु लामाको हातबाट जुस पिउँदै केसीले अनशन तोडनुभएको थियो । तीन जनाले जुस खुवाएपछि पूर्व मुख्यसचिव लीलामणि पौडेल र सरकारी वार्ता टोलीका संयोजक डा। सेनेन्द्रराज उप्रेतीले डा। केसीलाई जुस खुवाउनु भएको थियो ।
अनशनको अन्त्य गर्दै डा। केसीले संस्थागत माफियातन्त्रविरुद्ध सबै मिलेर लड्नुपर्ने र सरकारसँग भएको सम्झौता पहिलो चरण मात्रै भएको भन्दै अझ सशक्त आन्दोलन गर्ने बताउनुभएको थियो । सरकारी वार्ता टोलीसँग आइतबार राति ४ बुँदे सहमति भएपछि केसीले आज अनशन तोड्नुभएको हो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget