Websoft University

www.radiomakalu.com || 021-522512


वर्षाले पश्चिम तराई डुबानमा

काठमाडौँ, साउन ८ गते । लगातार तीन दिनदेखि पानी परेपछि नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, नेपालगञ्जलगायत पश्चिम तराईका क्षेत्र डुबानमा परेका छन् भने पहाडी क्षेत्रमा बाढी पहिरोको जोखिम बढेको छ । अझै दुई दिनसम्म पश्चिम नेपालमा पानी पर्ने सम्भावना रहेकाले ती क्षेत्रमा अझै बाढी आउन सक्ने र डुवानमा पर्ने भन्दै सबैलाई सचेत रहन आग्रह गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्माका अनुसार बुधबारदेखि लगातार परेको पानीले शुक्रबार नवलपरासीदेखि पश्चिम नेपालका केही क्षेत्रमा डुबान भएको छ । उहाँले नेपाली आकाशमा केही दिनयता मनसुन निकै सक्रिय रहेको बताउनुभयो ।
महानिर्देशक डा. शर्माले भन्नुभयो, ‘पश्चिम क्षेत्रका बबई, राप्ती, कर्णाली र महाकालीमा बाढी आउन सक्ने सम्भावना छ । पँर्व सावधानी र सर्तकता अप्नाउनुपर्छ । ’ शुक्रबार दिनभर पश्चिम राप्ती र नारायणी नदीको पानीको सतह खतराको चिह्नभन्दा माथि पुगेको छ ।
महानिर्देशक डा. शर्माले केही नदी तथा खोलाहरूमा पानीको सतह निकै बढिरहेको बताउनुभयो । मौसविद् सुवास रिमालका अनुसार मनसुनको प्रभाव केही दिन पश्चिमी नेपालमा रहने र बिस्तारै पँर्वी नेपालतर्फ सर्ने भएकाले आउँदा केही दिनमा पँर्वतर्फ भारी वर्षा हुने सम्भावना छ ।
मौसम पँर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान भैरहवामा १२३ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ । त्यसैगरी सिमरामा १०९ मिलिमिटर र नेपालगञ्जमा ६० मिलिमिटर वर्षा भएको छ । यसैगरी जमिन चिराचिरा परेको भँकम्प प्रभावित जिल्लामा अधिक वर्षा हँुदा पहिरो जानसक्ने तर्फ सबैले सचेत र सजग हुन समेत मौसमविद् रिमालले आग्रह गर्नुभयो ।
यसैबीच राससका अनुसार नवलपरासीमा बाढीबाट प्रभावित बनेका समुदायलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ । परासी क्षेत्रमा प्रभावित बनेका स्थानीय बासिन्दालाई परासीस्थित बज्रदल गणको टोलीले उद्धार गरेको हो । बाढीका कारण एउटा घरबाट अर्को घरमा जान नसकेका र घरमै जोखिमपँर्ण बस्न बाध्य बढी प्रभावित करिब चार सयलाई उद्धार गरेको बज्रदल गणका गणपति पँर्णप्रसाद ढकालले बताउनुुभयो ।
बिहीबार साँझबाटै भएको अविरल वर्षाका कारण प्रभावित बनेको सदरमुकाम परासीमा बिहीबार रातिदेखिनै नेपाली सेनाको टोलीले प्रभावित समुदायलाई उद्धार गरेको थियो ।
बाढीबाट बढी मात्रामा प्रभावित हाटबजार क्षेत्र, बुद्धचोक क्षेत्र, नापी शाखा क्षेत्र र नेपाली सेनाको ब्यारेक क्षेत्रबाट प्रभावित बनेको जनसमुदायलाई उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।
वर्षाबाट अहिलेसम्म मानवीय क्षति भएको छैन । सदरमुकाम परासी बजारमा अहिले भएको वर्षा पछिल्लो २० वर्ष यताकै सबैभन्दा ठँला भएको परासीका शिक्षक खेमलाल शर्माले बताउनुभयो ।
सदरमुकाम परासीमा ठँलो वर्षाका कारण डुबानपछि स्थानीय प्रहरी प्रशासनले उच्च सतर्कता अपनाएको छ । बाढीकै कारण नवलपरासीका एक दर्जनभन्दा बढी खहरे खोलाहरुले नजिकका बस्ती र खेतीयोग्य जमिन कटान गरेको छ ।
यसैबीच नवलपरासीमा पानीको बहाव तीव्र भएकाले त्रिवेणीस्थित नारायणी पुलको ३३ नम्बर फाटक भाँचिएर बगाएको छ भने नारायणीमा आएको बाढीले गण्डक क्षेत्रको कुडिया र त्रिवेणीसुस्ता गाविस डुबानमा परेको छ ।
यस्तै जिल्लाको परासी क्षेत्रसहित हकुई, सुक्रौली, पाल्ही, हरपुर, कुश्मा, रमपुरवा, रामपुर खडौना, बडहरा दुबौलियालगायतका गाउँमा पानी पसेको छ भने अधिकांश धानखेतीमा क्षति पुगेको किसानहरुले बताएका छन् । अहिले पनि यस्तै बाढी आउँदा कति बेला के हुने हो भन्ने चिन्तामा स्थानीय रहेका छन् ।
यसैगरी पँर्वी पहाडी क्षेत्रमा केही दिनदेखि अविरल वर्षा जारी रहेपछि सप्तकोसी नदीमा बाढीको बहाव पनि बढ्न थालेको कोसी ब्यारेज कन्ट्रोल कक्षका प्राविधिकले जानकारी दिएका छन् । शुक्रबार साँझ ७ बजे कोसी ब्यारेजमा दुई लाख २५ हजार ८१४ क्युसेक पानीको बहाव मापन भएको छ ।
कोसी नदीमा बाढीको बहाव शुक्रबार बिहानदेखि नै निरन्तर बढिरहेकाले अहिले साँझ ब्यारेजका २९ वटा ढोका खोलिएका छन् । सुनसरीको प्रहरी प्रमुख प्रहरी उपरीक्षक पोषराज पोख्रेलले सप्तकोसी बाढीको बहावका विषयमा जानकारी दिँदै पहाडी क्षेत्रमा वर्षा रातिदेखि दिनभर जारी रहेकाले अझै सप्तकोसीमा बाढीको बहाव बढ्न सक्ने अनुमान गरिएको बताउनुभयो ।
यही साउन १ गते यो वर्षकै सबैभन्दा बढी दुई लाख ३५ हजार क्युसेक प्रतिसेकेन्ड बाढी मापन भएको र त्यस दिन ब्यारेजका ५६ ढोकामध्ये ३५ ढोका खोलिएको पनि प्रहरी उपरीक्षक पोख्रेलले जानकारी दिनुभयो । ब्यारेजमा खतरा बढ्न सक्ने अनुमान गरिएको प्रहरीले बताएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget