Websoft University

www.radiomakalu.com || 021-522512


झापाका सहायक सीडीयो सापकोटालाई प्रेस काउन्सिलले सोध्यो स्पष्टिकरण



झापा, साउन १३ गते । प्रेस काउन्सिल नेपालले झापाका सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटालाई सात दिने स्पष्टीकरण पत्र काटेको छ ।

पूर्वाञ्चल दैनिकलाई विज्ञप्ति र समाचारको बिषयमा जिल्ला प्रसाशन कार्यालय झापाले अधिकार क्षेत्र बाहिर गई तीन दिने स्पष्टीकरण पत्र काटेपछि सहायक प्रजिअलाई प्रेस काउन्सिलले स्पष्टीकरण मागेको हो ।

सचेत नागरिक समूहले झापाको स्वास्थ्य क्षेत्रका बारेमा जारी गरेको विज्ञप्ति र समाचार पूर्वाञ्चल दैनिकसहित विभिन्न सञ्चारमाध्यममा प्रकाशन प्रशारण भएपछि जिल्ला प्रसाशन कार्यालय झापाले स्पष्टीकरण सोधेको थियो ।

स्पष्टिकरण पत्रमा आमसञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीबाट पत्रकार आचारसंहिता उल्लंघन भएको स्थितिमा प्रेस काउन्सिल नेपालले ‘आवश्यक कारवाही र छानविन गर्ने’ व्यवस्था प्रेस काउन्सिल ऐन २०४८ को (ङ) र (छ) मा रहेको स्मरण गराइएको छ ।
झापाका सहायक प्रजिअले अधिकार क्षेत्रको अतिक्रमण गरी किन पत्र काटेको हो ? भन्ने प्रश्न गर्दै सात दिनभित्र जवाफ पेश गर्न काउन्सिलले आदेश दिएको छ । काउन्सिलले सोमबार सहायक प्रजिअलाई पत्रकाटेको छ ।

काउन्सिलका अनुगमन अधिकृत रहमतुल्ला मियाद्वारा हस्ताक्षरित सहायक प्रजिअलाई पठाइएको जवाफ पेस गर्ने सम्बन्धी उक्त पत्रको बोधार्थ प्रेस काउन्सिलका अध्यक्ष, काउन्सिलका मुख्य अधिकृत, उपप्रशासकीय अधिकृत र पत्रकार महासंघ झापालाई दिइएको छ ।

पूर्वाञ्चल दैनिकलाई जिल्ला प्रसाशन कार्यालय झापाले पत्र काटेको बिषयमा नेपाल पत्रकार महासंघ झापा शाखाले आपत्ति प्रकट गरी प्रेस काउन्सिलमा उजुरी गरेको थियो । जिल्ला प्रशासन कार्यालयको त्यस्तो कार्यबाट प्रेस स्वतन्त्रता कुण्ठित र नियन्त्रित भएको पत्रकार महासंघ झापा शाखा तथा पत्रकारका विभिन्न संगठनले ठहर गरेका थिए । सोही बमोजिम महासंघले काउन्सिलमा उजुरी गरेको हो ।
यसैगरी प्रेस युनियन, प्रेस सेन्टर र मिडिया नेपाल झापा शाखाले जिल्ला प्रसाशन कार्यालयले अधिकार क्षेत्र बाहिर गएर पत्रकाटेकोमा बिरोध गरी संयुक्त विज्ञप्ति जारी गरेका थिए । फोनिज झापाले पनि यस विषयमा छुट्टै विज्ञप्ति जारी गरी प्रेस स्तन्त्रतामाथि हस्तक्षेप नगर्न आग्रह सहित घटनाको विरोध गरेको थियो ।

fnj

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget