मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव पूर्वसूचना तथा सञ्चारमन्त्री पनि हुन् । पहिलो मधेस आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका उनी मधेस आन्दोलनलाई आलोचनात्मक दृष्टिकोणबाट हेर्ने र विश्लेषण गर्ने गर्छन् । मधेसी मोर्चा र सरकारबीच वार्ता गरी समस्या समाधान गर्नुपर्ने मान्यता राख्ने यादव दुवै पक्षमा वार्ता गराउन सक्रिय भूमिकासमेत खेल्दै छन् । मधेस आन्दोलन असफल हुनुका कारण, कार्यनीति तथा काठमाडौंसँग मधेसको सम्बन्धका विषयमा डिस्कभरी न्युज नेटवर्कको रातोपाटीका लागि नरेश ज्ञवालीले गरेको कुराकानी ।
मधेस आन्दोलन आज जुन ढङ्गले असफल भयो, त्यसका कारण के–के हुन् र समस्या कहाँ देख्नुभएको छ ?
मधेसमा जसरी छ महिनासम्म आन्दोलन जारी रह्यो । त्यो शान्तिपूर्ण आन्दोलनको उत्कर्ष थियो । राज्यले आन्दोलनलाई सम्बोधन गर्दै त्यो राजनीतिक कोर्सलाई सकारात्मक ढङ्गले अगाडि बढाएको भए राम्रो हुने थियो तर दुर्भाग्य त्यसो भएन । आन्दोलन उत्कर्षमा पुगेर विनानिष्कर्ष टुङ्गिनुको एउटा प्रमुख कारण राज्यको उदासीनता, गैरजिम्मेवारीपन हो भने अर्को आन्दोलनको नेतृत्वले जसरी रणनीति अख्तियार गर्नुपथ्र्यो । त्यसमा कहीँ न कहीँ कमजोरी भए । दलगत स्वार्थ, नेतृत्वको होडबाजी र टकरावले आन्दोलन यहाँसम्म आइपुगेको हो । अर्को कुरा मधेसमा आन्दोलन भइरहँदा जसरी समान उत्पीडनमा परेका पहाडका जनतालाई पनि समेट्दै त्यहाँका जनताको विश्वास जित्नुपथ्र्यो । तर त्यसविपरीतका अभिव्यक्तिहरु आए, त्यसले मधेसइतरका जनतालाई आन्दोलनप्रति वितृष्णा फैलाउने काम ग¥यो ।
यसका दुरगामी प्रभावबारे राज्य र आन्दोलनकारी नेतृत्व दुवैले सोच्न सकेनन् । यो आन्दोलन शोषण र उत्पीडनमा परेकाहरुको राष्ट्रिय मुक्तिको आन्दोलन थियो/हो । यसले सही निकास पाउन सकेन । हुँदा–हुँदा आन्दोलन नाकाबन्दी गर्नेसम्म पुग्यो । नाकाबन्दी पनि कहीँ न कहीँ गतल भयो भलै नाकाबन्दी परिस्थितिजन्य कुरा थियो । तर नाकाबन्दी काठमाडौंका शासकलाई अमृत सरह भइदियो । काठमाडौंलगायत अन्य भू–भागमा बस्ने जनतालाई नाकाबन्दी देखाएर शासकले यिनीहरु राष्ट्रघाती, विदेशीका ग्राइनडिजाइनमा परिचालित तिम्रा विरोधी हुन् भन्ने कुरा राम्रोसँग प्रचार गर्न सफल भए । जुन हामीले चिर्न सकेनौँ ।
६ महिने आन्दोलनका क्रममा नेताहरुको अभिव्यक्तिलाई फर्काएर हेर्नुभयो भने एकअर्काको विरोधाभासी थिए । ती अभिव्यक्ति आफ्नो दलगत स्वार्थका हिसाबमा आएका थिए । एक किसिमको होडवाजी थियो । जनता आन्दोलन गर्दै थिए, नेतृत्वमा आन्दोलनको जस लिने होडवाजीमा थियो ।
आन्दोलन यहाँसम्म पुग्नुमा राज्यको उदासीनता मात्र कारक थियो अथवा अन्य राज्यलाई मुलुकभित्र गुहारिँदाको परिणाम ?
नेतृत्वले जे–जस्ता रणनीति अख्तियार गर्नु पर्दथ्यो, त्यसमा कमजोरी भएकै हो । आन्दोलनकारी दलहरुबीच जसरी एकअर्कामा तालमेल हुर्नपथ्र्यो एकरुपता नदेखिएकै हो । ६ महिने आन्दोलनका क्रममा नेताहरुको अभिव्यक्तिलाई फर्काएर हेर्नुभयो भने एकअर्काको विरोधाभासी थिए । ती अभिव्यक्ति आफ्नो दलगत स्वार्थका हिसाबमा आएका थिए । एक किसिमको होडवाजी थियो । जनता आन्दोलन गर्दै थिए, नेतृत्वमा आन्दोलनको जस लिने होडवाजीमा थियो ।
सीमामा उत्रिन आन्दोलनकारीको दम्भले कि काठमाडौंलाई ठेगान लगाउँछौँ भन्ने मानसिकताले काम ग¥यो ?
तपाईंले भनेको कुरा सही हो । आन्दोलनको त्यो रणनीति गलत भयो र त्यसको प्रभाव उल्टो पर्न गयो । त्यसबेलामा आन्दोलनकारीमा विजेता मनोविज्ञान थियो । जसरी दुईवटा आन्दोलन भए ती दुवै सडकलाई ठप्प पारेर भएका थिए र राज्य माग सुन्न बाध्य भएको थियो । त्यो हामीले पाएको भूगोलको वरदान थियो तर अहिले त्यो परिस्थिति थिएन । अहिले राज्य प्रमुख गैरजिम्मेवार र दमन गर्न चाहने मानसिकताका थिए/छन् । दमन बढ्न थालेपछि आन्दोलनकारी दशगजामा जान लागे । तपाईंले भनेको अलिकति सत्य पनि हो, दम्भ थियो । वास्तवमा हामी पाहाडी जनताको विरुद्धमा कहिल्यै थिएनौं । तर हामीलाई पाहाडी जनताका विरोधी भनेर प्रचारित गरियो । त्यहीबीचमा हाम्रा केही नेताहरुले जसरी छिमेकी देशका राज्यहरु डुल्दै नेता भेट्ने काम गरे त्यसले पनि प्रचारलाई थप बल दियो ।
आन्दोलनकारीको बाध्यता के थियो भने नेपालकै भूमिमा गोली खानुपथ्र्यो । ४९ जना मरिसके तर राज्यले सुनवाइ नै गर्दैन । त्यसैले ज्यान जोगाउन पारि गएका हुन् ।
आन्दोलनको उत्कर्षमा झण्डै ५० जनाले ज्यान गुमाउँदासम्म काङ्ग्रेस नेतृत्वको सरकार थियो, कहाँबाट कुन चुट्की बज्यो काङ्ग्रेसको नेतृत्वमा सरकार बनाउन संसद बहिष्कार गरेको पार्टी भोट हाल्न संसद आइपुग्यो । साउन ३ मा संविधान जारी भयो । साउन ५ मा राजविराजमा बैठक बसेर मधेसका नाका बन्द गर्ने निर्णय मोर्चाले लियो । जबकि साउन ३ मै भारतीय विदेश मन्त्रालयको विज्ञप्ति आई नाकाबन्दीको प्रभाव देखिन थालेको थियो । यस्ता निर्णयले आन्दोलनलाई गतल दिशा तर्फ लैजाने काम गर्दैन ?
तपाईंले भनेको कुरा ठीक छ । मैले सुरुमै भने आन्दोलनलाई भारतसँग जोडेर जसरी यहाँ सत्तापक्षले हेर्नेगर्छ, त्यो कहिले कहीँ हामीलाई अभिशाप बन्दो रहेछ । आन्दोलनकारीको बाध्यता के थियो भने नेपालकै भूमिमा गोली खानुपथ्र्यो । ४९ जना मरिसके तर राज्यले सुनवाइ नै गर्दैन । त्यसैले ज्यान जोगाउन पारि गएका हुन् ।
नेतृत्वलाई नैतिकताको सवाल उठ्दैन र ?
आन्दोलनको मनोविज्ञान के भयो भने नाका घेर्न र समान रोक्न सक्यौँ भने राज्यले हाम्रो सुनवाइ गर्न सक्छ । त्यो रणनीतिगत निर्णयलाई भारतीयहरुले कसरी जोडे भने भारतीय गाडी आए आगजनी तोडफोड हुन्छ । त्यसैले आफ्नो समानको सुरक्षा आफै गर्नु । हाम्रो निर्णय र उनीहरुको निर्णय जुन उनीहरुको आफ्नै पाटो थियो– मिल्न गयो । म त्यसै बेला भन्दै थिए नाकाबन्दी भनेको गलत रणनीति अख्तियार गरेको हो । ‘हामी काठमाठडौंको दानापानी बन्द गरिदिन्छौ’ भन्ने जुन अभिव्यक्ति आयो त्यो हाम्रा लागि प्रतिउत्पादक हुन गयो । हुन त त्यो अभिव्यक्तिमा काठमाडौं भन्नुको अर्थ काठमाडौंको राज्यसत्ता भन्ने थियो तर काठमाडौंका जनता भन्ने सबैलाई प¥यो जुन हाम्रा लागि प्रतिउत्पादक भयो । हामीले गरेको आन्दोलन त काठमाडौंका जनताका लागि पनि हो । बर्नाड साको एउटा भनाइ छ– ‘ह्वेन हन्टर किल्स द टाइगर इट्स कल हन्टिङ ह्वेन टाइगर किल्स त हन्टर इट्स कल मर्डर’ भनेपछि राज्यले हामीमाथि गरेको अत्याचारलाई उसको अधिकार र हामीले गरेको विद्रोहलाई मर्डर भनिएको छ त्यो ठीक भएन ।
मधेसीलाई भारतसँग जोडिदिँदा निश्चित रुपमा व्याक फायर हुन गएकै हो ।
भारतबाट खोजेको सहयोग व्याक फायर भयो भन्ने अनुभूति भएको छैन ?
छिमेकी भएको नाताले भारतका स्वार्थ होलान्, त्यो स्वभाविक हो । तर हाम्रो पहिलो स्वार्थ भनेको मधेसीलगायत यो देशमा शोषण उत्पीडनमा परेका समुदायलाई मूलधारमा कसरी ल्याउने । आज ओली सरकारले मधेस आन्दोलनलाई बदनाम गर्ने जुन अस्त्र पायो त्यो नाकाबन्दी र हाम्रा नेतृत्व छेउछाउ चाहर्दै हिँड्नुले हो । राष्ट्रप्रतिको इन्टिग्रिटी, मधेसको कुरा गर्दैगर्दा अभिव्यक्तिमा थोरै पनि देशको हितमा या अरु समग्रतामा देखिएको अभावले नै मलाई लाग्छ आन्दोलनले जति महत्व पाउनुपर्दथ्यो त्यो पाउन सकेन । मधेसीलाई भारतसँग जोडिदिँदा निश्चित रुपमा व्याक फायर हुन गएकै हो ।
आन्दोलनले निष्कर्ष पाउन नसकेपछि अब मधेसवादी दलहरुले मात्र एक्लै आन्दोलन गरेर निष्कर्षमा पुग्न नसकिने रहेछ भनेर निष्कर्ष निकालेकै हो ?
आन्दोलनको स्वीकार्यता बढाउँदै यसले विराट रुप पाओस तथा राज्य सुन्न बाध्य होस् भनेर यो नीति अख्तियार गरिएकै हो । तर यसको अर्थ के होइन भने अब आउने दिनमा मधेसीले कुनै आन्दोलन गर्न सक्दैन अथवा अधिकार पाउन सक्दैनन भन्ने निष्कर्ष भने होइन । मधेसको आन्दोलनलाई दलित जनजातिसँग जोडेर अगाडि बढाउनुका तीन कारण छन्– पहिलो– हाम्रो आन्दोलन कुनै समुदाय विशेषको विरोधमा तथा विखण्डनका लागि होइन भन्ने स्थापित गराउनु । दुई– आन्दोलनलाई उत्तरतर्फ फैलाउँदै असन्तुष्ट पक्षसँग एकता र सहकार्य गर्नुपर्छ भनेर । तेस्रो– आन्दोलनको स्वीकार्यता बढाउनका लागि ।
यसमा मात्र मधेसीको अधिकार र मुक्तिको कुरा छैन । मधेस आन्दोलन राजनीतिक आन्दोलन त हो नै तर यो आन्दोलन समग्र आन्दोलन हुनुपर्छ ।
जसरी मधेसी मोर्चाको आन्दोलन सङ्घीय गठबन्धनसम्म आइपुगेको छ यसकाविरुद्धमा मधेसमै स्वरहरु मुखरित भएका छन् । यसलाई कसरी हल गर्नु हुन्छ ?
यो सङ्घर्ष केका लागि हो ? आ–आफ्नो पहिचान कायम राख्दै एकअर्काको अस्थित्व रक्षा गर्दै नेपाल बनाउन होइन ? हामी मधेसी भएरै नेपाल बनाउन चाहेका हौँ । यसको अर्थ के होइन भने– हामीले नेपालभन्दा छुट्टै आफ्नो अस्थित्व खोजेका हौँ । नेपालभित्रै हाम्रो सम्मानजनक अवस्था होस् भनेर हाम्रो सङ्घर्ष हो । सङ्घीय गठबन्धन र मोर्चाबीच बनेको गठबन्धनलाई कतिले बुझेर कतिले नबुझेर आलोचना गरेका छन् । यसमा कुनै वैचारिक आधार छैन । केहीले मधेसी मोर्चालाई गठबन्धनमा र केहीले गठबन्धनलाई मोर्चामा विलय गराउनुपर्ने विचार पोखिरहेका छन् । यी दुवै अतिवाद हुन् । यी दुवै अतिवादले हामी क्रान्तिमा पुग्न सक्दैनौँ ।
म यस आन्दोलनलाई राष्ट्रिय मुक्ति आन्दोलनका रुपमा विकास गर्नुपर्ने मान्यता राख्छु । यो आन्दोलन मधेसी, जनजाति, दलितहरुको मात्र होइन । यसले समग्र नेपालीको मुक्ति आन्दोलनलाई नेतृत्व गर्नुपर्छ । समग्र नेपाल र नेपालीको उन्नति, प्रगति र आर्थिक जीवनस्तर किन उकासिन सकेन ? यस अर्थमा हेर्ने हो भने यो मानवताप्रतिकै उपहास हो । छुवाछूतको अवस्था मधेसमा मात्र होइन पाहाडमा पनि विकराल छ । छाउपडी, देउकी, कमैयाप्रथा लगायत अनेकौँ प्रथाबाट मानिसहरुको आज पनि उत्पीडन जारी छ । हाम्रो आर्थिक हैसियत ऋणात्मकतर्फ जाँदैछ । यो सबै किन भयो भनेर आन्दोलन भएको हो । त्यसैले हामीले यी सबै विषयलाई गम्भीरतापूर्वक छलफल गरिरहेका छौँ ।
हामीलाई के विश्वास छ भने यो कुरा जनताले बुझे भने र अधिकार पाए भने एक दिन सबै आआफ्नो ठाउँबाट नेपाल बनाउन उठ्ने छन् । यसमा मात्र मधेसीको अधिकार र मुक्तिको कुरा छैन । मधेस आन्दोलन राजनीतिक आन्दोलन त हो नै तर यो आन्दोलन समग्र आन्दोलन हुनुपर्छ । यसले एउटा मात्र टर्मिनोलोजीप्रयोग गरे पनि यसको अभीष्ठ भनेको राज्य उत्पीडनबाट मुक्ति नै हो । यसले सामाजिक विभेद पनि अन्त्य गर्न खोजेको छ । हामी यस विषयमा छलफल गर्दैछौँ ।
संविधान निर्माणपछि प्रमुख राजनीतिक दलहरुले अब आन्दोलन, सङ्घर्ष सकियो । आर्थिक क्रान्तिमा लाग्नुपर्छ भनिरहेका छन् तर तपाईंहरु अझै पनि आन्दोलनकै कुरा गर्दै हुनुहुन्छ । यसलाई जनताले कसरी बुझ्ने ?
रजानीतिक दलहरु निश्चित राजनीतिक एजेन्डा बोकेर निर्माण भएका हुन् । तर दुर्भाग्य के छ भने देशमा विकल्प दिन नसक्दा पुराना पार्टीहरु विचारलाई टालटुल गरेर आफ्नो काम चलाइरहेका छन् र जनताले उनीहरुलाई नै रोज्नुपरेको छ । नेपाली काङ्ग्रेसले बोकेको विचार भनेको प्रजातान्त्रिक समाजवाद हो । तर ऊ आज कहाँ छ ? त्यस्तै एमाले माओवादीको सन्दर्भमा पनि त्यही हो । बाबुरामजी अर्को विचित्रको हुनुहुन्छ । जीवनभर उदार पुँजीवादको प्रखर विरोधी मान्छे आज त्यही बाटोमा लाग्यो । हाम्रो कुरा के हो भने अन्तोगत्वा यो देश समृद्ध र शान्त होस् तथा हरेक नेपालीको मुहारमा हाँसो छाओस् । हामीले बुझेको के हो भने राजनीतिक मुद्दाहरु सम्बोधन नभई नेपालमा राजनीतिक स्थिरता हुँदैन । राजनीतिक स्थितिरता नभईकन विकास हुन सक्दैन । भाषण जे गरे पनि राजनीतिक आन्दोलन र आर्थिक वृद्धिसँगै जोडिएका विषय हुन् । अझै पनि राजनीतिक आन्दोलनको अवतरण हुन बाँकी छ । त्यसलाई सही दिशामा अवतरण नगाराईकन देशमा विकास र समृद्धि आउन सक्दैन । राजनीतिक आन्दोलनलाई अवतरण गर्न ढिला गरेमा यसले अर्को दुर्घटना निम्त्याउँछ ।
इन्डियन आइडलमा प्रशान्त तामाङ सहभागी हुँदा उसलाई भोट हाल्न काठमाडौँमा क्याम्पेन चलाइन्छ । जबकि ऊ भारतीय पुलिसको हवलदार हो । भनेपछि यो एउटा चिन्तनधारा हो । जस्तै भारतको गोरखाल्यान्डको कुरा आउँदा यहाँ सद्भाव र समर्थन व्यक्त गरिन्छ तर मधेसमा अधिकारको आन्दोलन चल्दा त्यसमा कुनै सरोकार राख्दैनन् ।
मधेसको चिन्तनधारा र काठमाडौं मूलधारको चिन्तनधारामा कहाँनेर भिन्नता छ ?
पहिलो त काठमाडौंले मधेसलाई भारतीय संस्थापनसँग जोडेर हेर्ने गर्छ । आउने दिनहरुमा मधेसीहरु बलियो भए भने भारतीयहरुको स्वार्थमा काम गर्ने हुन् कि भन्ने चिन्ता देखिन्छ । अर्को यहाँ खाईपाई आएकाहरु मधेसीहरु बलियो भए भने हाम्रो स्वार्थमा धक्का लाग्छ भन्ने चिन्तनबाट आएका छन् । साथै लामो समयको एतिहासिक कारणले पनि यहाँ के काम गरेको छ भने मधेसी मुलका नेपालीलाई नेपाली नै नमान्ने । इन्डियन आइडलमा प्रशान्त तामाङ सहभागी हुँदा उसलाई भोट हाल्न काठमाडौँमा क्याम्पेन चलाइन्छ । जबकि ऊ भारतीय पुलिसको हवलदार हो । भनेपछि यो एउटा चिन्तनधारा हो । जस्तै भारतको गोरखाल्यान्डको कुरा आउँदा यहाँ सद्भाव र समर्थन व्यक्त गरिन्छ तर मधेसमा अधिकारको आन्दोलन चल्दा त्यसमा कुनै सरोकार राख्दैनन् । नेपाल देश त भयो तर त्यस चौघेराका मानिसहरुलाई कहिलै पनि नेपाली बन्न दिइएन अथवा नेपाली बनाउन प्रयास गरिएन ।
मधेसलाई लिएर गैरमधेसी समुदायमा जस्तो प्रकारको डर छ अथवा राज्यमा फिजीकरण हुने प्रकारको डर छ त्यसलाई तपाईंले कसरी हेर्नुभएको छ ?
हाम्रो नेतृत्वको सोच, अध्ययन र चिन्तनमा रहेको दरिद्रताले गर्दा भनौँ नेपालमा आफ्नो सत्ता टिकाउनका लागि विभिन्न आरोप प्रत्यारोप गर्ने गरिन्छ । यदि यस्तो सम्भावना छ भने यसलाई रोक्नका लागि के गर्न सकिन्छ– बोर्डर सिल गर्ने हो कि, टाइट गर्ने हो कि, कानुन कडा गर्ने हो कि, हाम्रो पूर्ण समर्थन छ तर मधेसीलाई अधिकार दिने सवालमा यसलाई अगाडि सारिन्छ भने यसलाई के भन्ने ? तपाईंले भन्नुभएको कुरामा मलाई कुनै दम छजस्तो मलाई लाग्दैन । किनभने मधेसमा बसेर सीमा मिचिएमा लड्ने त त्यही मधेसी नै हो ।- रातोपाटीबाट
Post a Comment