Websoft University

www.radiomakalu.com || 021-522512


हवाई आक्रमण बीस तालिवान लडाकुको मृत्यु





लस्कर घा –अफगानिस्तान), साउन २ गते । अफगानिस्तानको दक्षिणी हेलमाण्ड राज्यमा चलाइएको तालिवानविरुद्धको हवाई आक्रमणमा शुक्रबार राति २० जना विद्रोहीको मृत्यु भएको प्रान्तिय सरकारका प्रवक्ता ओमार जावकले शनिबार बताएका छन् ।


गुप्तचर अधिकारीद्वारा तालिवान लडाकुले खास्कावा इलाकामा आश्रयस्थल बनाई बसेका र आफगानिस्तानको दक्षिणमा आक्रमणको योजना बनाएको बताएपछि सरकारले उक्त क्षेत्रमा हवाई कारबाही चलाएको थियो ।

हवाई कारबाहीमा १४ जना विद्रोहीको लास्कारघामा मृत्यु भएको थियो भने बाँकी अन्यको मार्जा इलाकामा मृत्यु भएको थियो ।

अफगानिस्तानको हेलमान्ड प्रान्तमा सरकारी सैनिकलाई चुनौती खडा गर्दै आएका तालिवान समूहले घटनाबारे कुनै प्रतिक्रिया दिइसकेको छैन । रासस , सिन्ह्वा
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget