Websoft University

www.radiomakalu.com || 021-522512


इद उल फितर मनाइँदै

काठमाडौँ, असार २३ गते । अरबी पात्रोअनुसार दसौँ महिनाको पहिलो दिन बिहीबार मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फितर पर्व मनाइँदैछन् ।
खुसीपूर्वक शरीरको दान गरेर दिनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फितर भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन आज बेलुकी चन्द्रमा देखिएपछि भोलि इद उल फितर मनाउन लागिएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले राससलाई जानकारी दिनुभयो ।
“दशौँ महिनाको पहिलो दिनलाई शौवाल भनिन्छ, पश्चिम एसियाली मुलुकमा मङ्गलबार चन्द्रमा देखियो, नेपालमा बुधबार चन्द्रमा देखिने भएकाले बिहीबार इद उल फितर पर्व मनाउन लागिएको हो, यो पर्वमा जुनसुकै वर्गका मुस्लिमले पनि यो मीठोमसिनो खाई मनाउँछन्”– उहाँले भन्नुभयो ।
यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचत, साढे सात तोला सुन वा ५२ तोला चाँदी भए त्यस बराबर चालु बजार भाउअनुसारको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख छ । यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी एवम् गरिबलाई बाँडिन्छ । यसलाई जकात भनिन्छ ।
इद उल फितरमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् जसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ । यो दान पनि दीनदुःखी र गरिबलाई नै दिइन्छ ।
इद उल फितरको बिहान सूर्योदयअघि पढिने नमाजलाई फजर भनिन्छ । हातमुख (ओजु) धोएर फजर नमाज पढिन्छ । स्नान गरेर नयाँ कपडा पहिरिई मस्जिद, इदगाह (खुला ठाउँ) मा गएर विशेष नमाज पढिन्छ । मुस्लिम धर्मावलम्बीले वर्षमा दुईपटक विशेष नमाज पढ्छन् । बकर इद र इद उल फितरमा ।

आज सार्वजनिक बिदा
असार २३ गते बिहीबारका दिन इस्लाम धर्मावलम्बीको पर्व ईद (इदुल्ल फित्र) परेकाले सरकारले सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले जारी गरेको सूचनामा उक्त दिन नेपाल राज्यभर सार्वजनिक पर्व बिदा दिने निर्णय भएको जनाइएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget