काठमाडौं, असार ३१ गते । नेकपा माओवादी केन्द्रले अविश्वासको प्रस्ताव पास नभएसम्म बजेटसँग सम्बन्धित पुरक विधेयकहरु पास हुन नदिने निर्णय गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा बसेको हेडक्वाटरको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिँदै संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेको छ ।- अनलाइनखबरबाट
Post a Comment