Websoft University

www.radiomakalu.com || 021-522512


बाहुलीगाडमा भीषण बाढी , बझाङ सदरमुकाम जोखिममा


bahuligad flood  (8)
बझाङ,साउन १ गते । सदरमुकाम चैनपुर भएर वग्ने बाहुलीगाड खोलामा भिषण बाढी आएको छ । शुक्रबार दिउसो ४ वजे तिर सुरु भएको बाढीले सदरमुकाम चैनपुर जोड्ने झोलुङगे पुल बगाएको छ । १ सय ५ मिटर लामो यो पुल २०४३ सालमा बनेको जिल्लाका दोस्रो पुरानो पुल हो । पुल नजिकै रहेका ३ वटा पसल बगाएको छ । पुल बगाउदा पुलको लठ्ठाले लछारिएर ३ वटा पसल भत्किएका छन् । पानीको बहाव नघटेकाले नजिक रहेका घरहरु पनि भत्किने अवस्थामा पुगेका छन् । बाहुली गाड आसपासका घरहरु खाली गरिएका छन । जोखिम बढ्दै गएकोले सदरमुकामबासीलाई सतर्क रहन जिल्ला दैविप्रकोप उद्धार समितिले स्थानिय रेडियोबाट सचेत गराइरहेको छ । प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरिक्षक, नेपाली सेनाका सेनानी आफै खटेर स्थानियलाई सुरक्षित स्थान तर्फ जान अनुरोध गरिरहेका छन । सम्भावित जोखिमलाई ध्यान राखेर व्यापक प्रहरी परिचालन गरिएको छ भने नेपाली सेनालाई पनि सर्तक अवस्थामा राखिएको छ । बाहुलीगाड आसपासका करिब ४० भन्दा बढी घरमा जोखिम रहेको छ । खोलाको पानीको मात्रा बढेर बहाव परिर्वन गरे चैनपुर बजारमा समेत जोखिम हुन सक्ने भन्दै प्रहरीले सतर्क रहन अनुरोध गरिरहेका छन । सदरमुकाम चैनपुरका घर पसल बन्द गरेर बाहुली खोलामा आएको बाढी हेर्न स्थानियको घुइचो लागेको छ । बाहुलीगाडको उदगम स्थल तिर पर्ने सुर्मा र दौलिचौर गाविसमा क्षति भएको हुन सक्ने अनुमान गरिए पनि विवरण आइसकेको छैन । १६ वर्ष पछि बाहुली गाडमा आएको यो ठुलो बाढी भएको स्थानियहरुले बताएका छन । - सम्राट सिंह , रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget