Websoft University

www.radiomakalu.com || 021-522512


धरानमा ठूलो मात्रामा लागू औषध बरामद, कारोबारी पक्राउ



धरानमासंगै आपसाका क्षेत्रमा लामो समय देखि लागु औषधको कारोबार गर्दै आएका डिलरकोरुपमा परिचित एक लागु औषध कारोबारी सहित ५ जनालाई धरान प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुबाट भारी मात्रामा लागू औषध पनि वरामद गरेको छ ।
घुमुवा प्रहरीको मिलोमतोमा लागु औषध कारोबारमा संलग्न लागु औषध कारोबारका डिलर धरान ११ का सानु भाई भनिने रवि भुजेल सहितका ५ जनालाई भारी मात्रमा लागु औषध सहित पक्राउ गरेको हो । प्रहरीले भुजेलको घरमा भान्सामा लुकाइराखेको २२ किवी काठसहित डाल्डा घिउ रा््ख्ने ड्रमभित्र लुकाइराखेको ६९ एम्पुल डाइजेलाव, ६९ ए्म्पुल लुपिजैसिक, ६९ ए्म्पुल एभिलसहित नगद ४८ हजार ५ सय बरामद गरेको छ । भुजेल यस अघिपनि लागु औषध कारोबारमा २ वर्ष जेल सजाय पुरा गरि केही समय अगाडि मात्र छुटेका थिए । उनि लागु औषध कारोबार सगै स्थानीय गुण्डाको रुपमा समेत परिचित छन् । त्यसै गरि प्रहरीले लागु औषधको कारोबारमा संलग्न धरान ११ का १७ बर्षीय सुरेश गिरीलाई धरान ८ बरगाछीबाट २० ए्म्पुल डाइजेलाव, २० एम्पुल लुपिजैसिक र २० एम्पुल एभिल सहित पक्राउ गरेको छ । यस्तै धरानमा लागु औषधको कारोबार गर्दै आएका विराटनगर ६ मोरडका सन्तोष मन्डल, सोही स्थानमा घर भई धरान ३ बस्ने बर्ष आकाश भनिने कमल सहनी, सोही स्थानका बर्ष २७ का मनोज तामाड लाई समेत लागु औषध सहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय धरानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
यता प्रहरीले धरानमा लागु औषध विक्री गर्ने अर्का डलर एसटीलाई भने मोष्ट वाण्डेट सूचीमा राखेर खोेजविन गरिरहेको जनाएको छ ।
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget