Websoft University

www.radiomakalu.com || 021-522512


बहुमतीय सरकार बनाउन कांग्रेसले प्रचण्डलाई समर्थन गर्ने



काठमाडौं, असार २८ गते । नेपाली कांग्रेसले एमाले विकल्पको सरकार बनाउन प्रचण्डलाई समर्थन गर्ने बताएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्रस्ताव अस्वीकार गरेको कांग्रेसले बहुमतीय सरकार गठनका भने सघाउने बताएको हो ।

प्रचण्डले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो नेतृत्वमा सरकार गठनमा सहयोग गर्न आग्रह गरेका थिए । तर, देउवाले अस्वीकार गरे ।

कांग्रेस नेताहरुले एमाले विकल्पको सरकारका लागि भने प्रचण्डलाई समर्थन गर्ने बताएका छन् । देउवा निकट मानिएका मीन विश्वकर्माले भने, ‘बहुमतीय सरकार गठनका लागि हामी प्रचण्डलाई समर्थन गर्न तयार छौं ।’

नयाँ संविधान कार्यान्वयन, मधेस मुद्दाको सम्बोधनका लागि केपी ओली नेतृत्वको वर्तमान सरकार असफल भएको कांग्रेसको आरोप छ । उनले भने, ‘यसमा सरकारले ढिलाइ गरेकाले नै विकल्प खोज्नु परेको हो ।’

कांग्रेसले बहुमतीय सरकारमा सहयोग गर्ने बताए पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने निर्णयमा पुग्न सकेको छैनन् ।

माओवादीमा यो सरकार छाड्नुपर्छ भन्ने मत बहुमतमा छ । तर, नारायणकाजी श्रेष्ठसहितका केही नेताहरुले समर्थन गरेका छैनन् । र, प्रचण्ड निर्णयमा पुग्न सकेका छैनन् ।

कांग्रेसले वैशाख चौथो साता भएको सरकार परिवर्तनको प्रयासका क्रममा पनि प्रचण्डलाई समर्थन गर्ने बताएको थियो । तर, माओवादी पार्टीमै सहमति हुन नसकेपछि प्रचण्ड पछि हटेका थिए ।

र, एमाले र माओवादीबीच नौबुँदे र बजेट पास भएपछि प्रचण्डलाई सत्ता हस्तान्तरणको भद्र सहमति भएपछि सरकार परिवर्तनको प्रयास असफल भएको थियो ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget