Websoft University

www.radiomakalu.com || 021-522512


बैङ्किङ क्षेत्रको नाफा १८% बढ्यो


विजयराज खनाल
  • १० महीनामा १८ अर्ब चुक्तापूँजी थपियो
  • लघुवित्तको नाफा ३८ प्रतिशत बढ्यो
  • वित्त कम्पनीहरूको सबैभन्दा उच्चदरमा वृद्धि
  • औसत ब्याजदर अन्तर (स्प्रेड) ६.३ प्रतिशत

विजयराज खनाल ,

काठमाडौं , असार २४ गते । चालू आवको १० महीना (वैशाखसम्म)मा बैङ्क तथा वित्तीय संस्था (लघुवित्तबाहेक)को नाफा १८ प्रतिशतले वृद्धि भएको छ । गत आवको १० महीनामा २७ अर्ब १३ करोड रहेको यी संस्थाको नाफा चालू आवको सोही अवधिमा ३२ अर्ब ९० करोड रुपैयाँ पुगेको हो । सञ्चालनमा रहेका १ सय ४६ बैङ्क तथा वित्तीय संस्थामध्ये १ सय ४४ को विवरणअनुसार यस्तो देखिएको हो ।

समस्याग्रस्त सम्झना र हिमालय फाइनान्सको तथ्याङ्क उपलब्ध हुन नसकेको राष्ट्र बैङ्कले उल्लेख गरेको छ । प्रतिशतको आधारमा सबैभन्दा धेरै नाफा वित्त कम्पनीहरूमा भएको छ । वित्त कम्पनीहरूको नाफा गतवर्षको तुलनामा ८४ प्रतिशतले बढेर २ अर्ब १३ करोड पुगेको छ । विकास बैङ्कहरूको नाफा करीब २० प्रतिशतले बढेर ४ अर्ब ६१ करोड र वाणिज्य बैङ्कहरूको नाफा १८ प्रतिशतभन्दा धेरैले बढेर २६ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालनमा रहेका ४१ लघुवित्त संस्थाको भने समीक्षा अवधिमा नाफा ३८ प्रतिशतले बढेको छ । यी संस्थाको नाफा २ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ ।

गत असारयता बैङ्क तथा वित्तीय संस्थाको चुक्तापूँजी भने १८ अर्ब ५८ करोड रुपैयाँले बढेको छ । चालू आवको मौद्रिक नीतिमा राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको चुक्तापूँजी वृद्धिको निर्देशन दिएपछि पूँजी वृद्धिमा संस्थाहरू आक्रामक रूपमा लागेका छन् । समग्र बैङ्क तथा वित्तीय संस्थाको चुक्तापूँजी अहिले १ खर्ब ५९ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादनको ७ प्रतिशत अंश हो । यसअघि यस्तो अंश ६ दशमलव २६ प्रतिशत रहेको थियो ।

गत आवको १० महीनाको तुलनामा बैङ्क तथा वित्तीय संस्थाको निक्षेप १८ प्रतिशतले बढेर १९ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा १९ प्रतिशतले बढेर १५ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ । असार यता भने कर्जा २ खर्बले बढेको हो । कर्जा निक्षेप अनुपात ७८ प्रतिशत रहेको छ ।

राष्ट्र बैङ्कले यो अनुपात ८० मा सीमित राख्नुपर्ने निर्देशन दिएकोमा विकास बैङ्क र वित्त कम्पनीको यो अनुपात केही बढी छ । ग्राहकले यस अवधिमा निक्षेपमा औसत ३ प्रतिशत ब्याज पाइरहेका थिए भने कर्जाका लागि ९ दशमलव ३ प्रतिशत तिरिरहनु परेको देखिन्छ ।



संस्थाहरूको कुल कर्जामा खराब कर्जाको अनुपात २ दशमलव ७५ रहेको छ । वित्त संस्थाहरूको यो अनुपात सबैभन्दा धेरै अर्थात् १३ दशमलव ६२ प्रतिशत छ । विकास बैङ्कको २ दशमलव ५१ र वाणिज्य बैङ्कको २ दशमलव २२ प्रतिशत छ । संस्थाहरूले विपन्न कर्जाअन्तर्गत कुल कर्जाको ५ दशमलव ५३ प्रतिशत लगानी गरेका छन् । संस्थाहरूले निजीक्षेत्रमा प्रवाह गरेको कर्जा भने १५ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ ।

संस्थाहरूको पूँजी कोष पर्याप्तता अनुपात केही घटेर १२ दशमलव ११ मा सीमित भएको छ । वित्त कम्पनीको यो अनुपात सबैभन्दा धेरै करीब २० प्रतिशत रहेको छ । विकास बैङ्कहरूको यो अनुपात १५ र वाणिज्य बैङ्कको ११ दशमलव ७९ प्रतिशत छ । - आर्थिक अभियानबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget