Websoft University

www.radiomakalu.com || 021-522512


बालबिवाह रोकेको भन्दै महिला अधिकारकर्मीलाई ज्यान मार्ने धम्की



     
सिरहा साउन १३ गते । सिरहा बाल विवाह रोकाएको भन्दै महिला अधिकारकर्मी देवकुमारी रामलाई ज्यान मार्ने धम्की दिएको अभियोगमा सिरहाको अर्नामा १ का ४३ वर्षीय राम आशिष महरा पक्राउ परेका छन् ।



रामलाई प्रहरीले उजुरीको आधारमा पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी श्याम गेवालीले जानकारी दिए ।

अर्नमाकी १२ वर्षिय बालिकासँग उनले असार ३० गते दोश्रो विवाह गर्न लागेपछि देबकुमारीले प्रहरीको सहयोगमा बिवाह रोकाएकी थिइन् ।

सोलत्तै रामले ज्याम मार्ने धम्की दिन थालेपछि देवकुमारी प्रहरीकहाँ पुगेकी थिइन् ।

अघिल्लो श्रीमतीबाट छोरा नभएपछि महराले दोश्रो विवाह गर्न लागेको बताइएको छ ।-रामभरोसी यादव, रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget