काठमाडौं,साउन १३ गते । थोमस मुनिरले डेब्यू खेलमा दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेनले रियल मड्रिडलाई पराजित गरेको छ ।
इन्टरनेशनल च्याम्पियन कपमा पेरिस सेन्ट जर्मेनले रियल मड्रिडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । मुनिर ६ मिलियन पाउण्डमा यसै महिनाको सुरुमा क्लब बुर्गेसबाट लिग वान च्याम्पियन आएको थियो ।
थिएगो सिल्भा घाइते भएपछि उनी १० मिनेटमा नै मैदान प्रवेश गरे । उनले दुई गोल गरेपछि रोनाल्डो, ग्यारेथ बेलसहितका स्टार खेलाडीहरु विनाको रयल मड्रिडलाई पराजित गरेको हो ।
पेरिस सेज्ट जर्मेनले इन्टर मिलान र वेष्टब्रोमविरुद्धको मैत्रिपूर्ण खेलमा पनि जित हात पारिसकेको छ ।-अनलाइनखबरबाट
Post a Comment