Websoft University

www.radiomakalu.com || 021-522512


नासाको उपग्रह बृहस्पतिको कक्षमा


space
अमेरिकी अन्तरीक्ष संस्था नासाले जूनो नामक भुउपग्रहलाई सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह वृहस्पतिको कक्षमा स्थापित गराएको छ ।

पाँच वर्षको यात्रापछि जूनो वृहस्पतिको कक्षमा सफलतापूर्वक स्थापित भएको हो ।

जूनोबाट यसको रेडियो तरंग मिलेसँगै क्यालिफोर्नियाको पासाडेनास्थित मिसन कन्ट्रोल रुपममा खुसी मनइएको थियो ।
८० करोड किलोमिटर टाढा पर्ने वृहस्पतीको कक्षबाट पृथ्वीसम्म उक्त रेडियो तरंग प्राप्त भएको थियो ।

जूनोको मिसन कन्ट्रोलले घोषणा गर्यो: रोगन जूनो, तिमीलाई बृहस्पतीमा स्वागत छ ।

जूनोले आगामी डेढ वर्षसम्म वृहस्पतिको कक्षमा परिक्रमा गरिरहनेछ । त्यस क्रममा वृहस्पती ग्रहको उत्पत्तिका बारेमा अध्ययन गर्नेछ ।

आफ्नो मिसन पूरा गरेसँगै जूनो वृहस्पतिको वातावरणमा प्रवेश गरी नष्ट हुनेछ । नासाले सन् २०११ म्ाा जूनो उपग्रहको परीक्षण गरेको थियो । यो मिसनमा अहिलेसम्म एक अर्ब डलर खर्च भैसकेको छ ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget