Websoft University

www.radiomakalu.com || 021-522512


संघीयता निर्देशक समितिको बैठकः मन्त्रालयको संख्या घटाउनेबारे छलफल

प्रशासन पुनर्संरचना समितिलाई ठोस खाका पेश गर्न निर्देशन



काठमाडौं । संघीयता कार्यान्वयन तथा पुनर्संरचना उच्चस्तरीय निर्देशक समितिले प्रशासन पुनर्संरचना समितिलाई ठोस खाका पेश गर्न निर्देशन दिएको छ ।

सरकारले तीन महिना पहिले प्रधानमन्त्रीको अध्यक्षतामा ११ सदस्यीय संघीयता कार्यान्वयन तथा पुनर्संरचना उच्चस्तरीय निर्देशक समिति गठन गरेको थियो । यसैगरी मुख्यसचिवको अध्यक्षतामा संघीयता कार्यान्वयन तथा प्रशासन पुनर्संरचना समिति गठन भएको थियो ।

शुक्रबार पहिलो पटक सिंहदरवारमा निर्देशक समितिको बैठक बसेको थियो । बैठकमा मन्त्रालयहरुको संख्या घटाउने र दरबन्दी कटौती गर्ने विषयमा सामान्य छलफल भएको सामान्य प्रशासन मन्त्री रेखा शर्माले जानकारी दिइन् । आगामी बैठकमा मन्त्रालयको संख्या र कर्मचारीको दरबन्दी कति कायम गर्ने भन्ने विषयमा मस्यौदासहित छलफल हुने मन्त्री शर्माको भनाइ छ ।

नयाँ संविधानमा मन्त्रीहरुको संख्या २५ भन्दा बढी नहुने व्यवस्था छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget