Websoft University

www.radiomakalu.com || 021-522512


सरकारबारे निर्णय लिन प्रचण्डलाई जिम्मा



काठमाडौं, असार २७ गते । नेकपा माओवादी केन्द्रले सरकारको बारेमा निर्णय गर्न सम्पूर्ण अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ । सोमबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यालयको बैठकले प्रचण्डलाई सो जिम्मा दिएको हो ।

बैठकबारे जानकारी दिँदै नेता मात्रिका यादवले रातोपाटीलाई भने, ‘राष्ट्रिय सहमतीको सरकार बनाउने विषयमा पार्टीले गम्भिर पहल गर्ने निर्णय गरेको छ । यसका लागि छलफललाई जारी राख्ने र यसको जिम्मा अध्यक्ष प्रचण्डलाई दिने निर्णय भयो ।’ यसअघि पार्टीको पोलिटब्युरो बैठकले पनि सरकारबारे निर्णय लिनका लागि अधिकार प्रचण्डलाई दिएको थियो ।





सरकारबाट बाहिरिने विषयमा भने उनले यसबारे तत्कालै कुनै निर्णय नभएको र पार्टीले अझै दलहरुबीच सहमतिका लागि पहल गर्ने निर्णय भएको बताए । यसअघि माओवादी मन्त्री फेरबदलको कुरा उठे पनि अहिले मन्त्रीहरुको हेरफेरभन्दा पनि राष्ट्रिय सहमति पार्टीको मुख्य एजेन्डा भएको यादवले जानकारी दिए ।

यसअघि हिजो बसेको केन्द्रीय कार्यालयकै बैठकले नेकपा एमालेसँग निर्णायक वार्ता गर्ने निर्णय गरेको थियो । यसअन्तरगत माओवादीसँग भएको ९ बुँदे सहमति र भद्र सहमति कार्यान्वयनको बारेमा एमालेसँग धारणा माग्ने र सरकारमा बस्ने वा नबस्ने बारे निर्णय लिने बताइएको थियो ।

हिजोको बैठकमा प्रचण्डले भद्र सहमति गर्ने एमाले भद्र नभएको र शान्तिप्रक्रियालाई निश्कर्षमा पुर्याउने, पुनर्निर्माणलाई तिव्रता दिने, मधेशको समस्या हल गर्ने विषयमा उदासिन भएको कुरा राखेका थिए ।

माओवादी बैठकपछि आइतबार साँझ सत्ता गठबन्धनको समेत बैठक बसेको थियो । बैठकमा माओवादीसँग भएको सहमतिको विषयमा छलफल भएको थियो ।

गठबन्धनका अन्य दलका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छलफल गरेर असमझदारी हटाउनुपर्ने र २०७४ को माघ सम्म यही गठबन्धनलाई निरन्तरता दिन सुझाव दिएका थिए ।- रातोपटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget