Websoft University

www.radiomakalu.com || 021-522512


माओवादी केन्द्रका मन्त्रीद्वारा सामूहिक राजीनामा



काठमाडौं, असार २९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारको प्रमुख साझेदार दल नेकपा (माओवादी केन्द्र)का तर्फबाट सरकारमा सहभागी मन्त्रीले प्रम ओलीसमक्ष सामूहिक राजीनामा बुझाएका छन् ।
Maoist-Center

आज प्रधानमन्त्री ओलीसमक्ष उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको सामूहिक राजीनामा बुझाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा पुगी उपप्रधानमन्त्री रायमाझीले केन्द्रका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको सामूहिक राजीनामा पत्र बुझाएको प्रम ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

माओवादी केन्द्रले एमालेसित भएको नौबुँदे र तीनबुँदे भद्र सहमति कार्यान्वयन नभएको भन्दै मङ्गलबार सरकारबाट फिर्ता हुने निर्णय गर्दै आफ्नो नेतृत्वमा प्रमुख प्रतिपक्षी दलका नेकाको सहयोगमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको थियो ।

केन्द्रको पदाधिकारी बैठक र संसदीय दलको बैठकले सरकार अल्पमतमा परेको भन्दै प्रम ओलीलाई राजीनामा दिई मार्ग प्रशस्त गर्न आग्रह समेत गरिसकेको छ । केन्द्रले आजै व्यवस्थापिका–संसद् बैठक बस्नुअघि नै सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने जनाएको छ ।

प्रम ओलीको नेतृत्वमा २०७२ साल असोज २४ गते तत्कालीन एनेकपा (माओवादी) सरकरमा सहभागी भएको थियो ।-रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget