Websoft University

www.radiomakalu.com || 021-522512


सुनुवाई समितिबाट अयोधी अनुमोदित

प्रमुख निर्वाचन आयुक्तमा नियुक्तिको बाटो खुल्यो

काठमाडौं, असार २४ गते । व्यवस्थापिका संसदकोसंसदीय सुनुवाई समितिले प्रमुख निर्वाचन आयुक्तमा अयोधीप्रसाद यादवको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।
समितिको शुक्रबार बसेको बैठकमा यादवको सुनुवाई भएको थियो । लगत्तै बैठकले यादवको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।
संसदीय समितिको अनुमोदनसँगै यादवलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्ति गर्ने बाटो खुलेको छ ।
संवैधानिक परिषदको सिफारिस संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
कार्यबाहक प्रमुख आयुक्त यादवको पुनःनियुक्तिका सम्बन्धमा सर्वोच्च अदालतमा दायर रिट निवेदनको टुंगो नलागी संसदीय सुनुवाइ गर्न नहुने जिकिरका दुई उजुरी परेका थिए ।तर, उजुरीकर्ताले आफ्नो उजुरीमा सम्पर्क नम्बर वा इमेल नदिएका कारण तत्काल उजुरीका बारेमा सोधपुछ गर्न सम्भव नभएकाले सिधै संसदीय सुनुवाइ गरिएको हो ।-अनलाइनखबरबाट




Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget