Websoft University

www.radiomakalu.com || 021-522512


टर्कीमा सत्ता हत्याउने प्रयास, ९० जना मारिए, करिब १५ सय घाइते



अङ्कारा, टर्कीमा केही सैनिकले विद्रोह गरी ‘कू’ को प्रयास गरेको भएपनि शनिबार बिहान परिस्थिति नियन्त्रणमा लिने प्रयास सरकारले गरिरहेको बताइएको छ ।

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगेनले सैनिक विद्रोहलाई नियन्त्रणमा लिने प्रयास शनिबार बिहानसम्म नै गर्नुभएको बुझिएको छ । उहाँ बिदामा बसेको समयमा यो प्रयास भएको थियो ।
turki


करिब १३ वर्षदेखि टर्कीमा शासन गरिरहेका राष्ट्रपति तैयपका विरुद्धमा टर्कीमा विद्रोहको आवाज उठेको थियो ।

सोही कारण पछिल्लो समयमा विभिन्न आन्दोलन सुरु भएका थिए । शुक्रबार राति टर्कीको सैनिक दुई भागमा बाँडिएर यस्तो कू को प्रयास भएको जनाइएको छ ।

उहाँ इस्तानबुलको विमानस्थलबाट ओर्लिनुभयो र आफ्ना समर्थकहरुलाई सम्बोधन गर्नुभएको थियो । उक्त समर्थनमा उहाँले पछिल्लो समयमा आतङ्कवादीहरुले आक्रमण सुरु गरेको समयमा देशभित्रै यस्तो विद्रोह हुनु दुःखद हो भन्नुभयो ।

शुक्रबार राति इस्तानबुल र अङ्कारामा सयौँको सङ्ख्याका सैनिक सडकमा ओर्र्लिएका थिए । उनीहरुले सरकारी सेनासँग भिडन्त पनि गरेका थिए ।

यस भिडन्तमा परी मारिने व्यक्तिको सङ्ख्या करिब ९० रहेको जनाएका छन् । त्यसमा परी एक हजार ५०० भन्दा पनि बढी मानिस घाइते पनि भएका छन् ।

घाइते हुनेमा सर्वसाधारण के कति र कति सेना छन् भन्ने बारेमा भने केही खुलेको छैन । त्यस्तै मारिनेमा पनि के कतिजना सेना वा सर्वसाधारण छन् भन्ने बारेमा पनि केही खुलेको छैन ।

यी दुई सहरमा ती सैनिकले विद्रोह गरेका थिए । विद्रोही सैनिकले गोलाबारी पनि गरेका थिए । टर्कीको सरकारले यसलाई सैनिक विद्रोह भनेको छैन ।

राष्ट्रपति तैयप विदामा बसेको समयमा सेनाको एक समूहले देशको शासन व्यवस्थालाई नै नियन्त्रणमा लिने प्रयास गरेको जनाइएको छ ।

टर्कीको सरकारी समाचार समिति, अन्दालउले यो समाचार दिएको छ । उक्त समाचारका अनुसार शनिबार बिहान अबेर तिर सयौँ सैनिकलाई नियन्त्रणमा लिएको छ भने सयौँले आत्मसमर्पण गरेका जनाइएको छ ।

सरकारले इस्तानबुल र अङ्कारामा कफ्र्यू लगाएको छ । कफ्र्यूका बाबजुद पनि राष्ट्रपति तैयपको राजनीतिक दलका समर्थकहरुले उक्त प्रयासका विरुद्धमा यी दुवै सहरमा सरकारको समर्थनमा जुलुश निकालेका छन् ।

राष्ट्रपतिले यस प्रयासलाई देशद्रोह भन्नुभएको छ । उहाँले यस्ता देशद्रोहीलाई नछोडिने पनि बताउनुभयो । उहाँले भन्नुभयो– यस्ता देशद्रोहीले भविश्यमा ठूलो मूल्य चुकाउनुपर्ने छ ।

त्यस विद्रोहमा संलग्न हुने सेनाको सङ्ख्या अझै स्पष्ट रुपमा आएको छैन । सरकारले कतिपयलाई नियन्त्रणमा लिएको छ भने केहीले आत्मसर्पण गरेका छन् ।

विद्रोहमा संलग्नहरुको खोजी र पहिचानको काम भइरहेको सरकारले जनाएको छ । यसको सबै विवरण आउन अझै केही घन्टालाग्ने पनि सरकारले जनाएको छ । रासस÷एएफपी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget