Websoft University

www.radiomakalu.com || 021-522512


कांग्रेस महामन्त्री शशांक अस्पताल भर्ना

Dr-Shashank-Koirala-Admit


काठमाडौं, असार  २२  गते  । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अकस्मात बिरामी भएपछि बुधबार बिहान अस्पताल भर्ना गरिएको छ ।

डा. कोइरालालाई चाबहिलको ओम अस्पतालमा भेन्टिलेटरमा राखिएको छ । पारिवारीक श्राोतका अनुसार उनको अवस्था अचेत छ ।

कोइरालाले मंगलबार राति पिज्जा खाएका थिए । त्यसपछि उनलाई वान्ता भएको थियो । रातभर वान्ता भएपछि उनलाई विहानीपख अस्पताल भर्ना गरिएको हो ।

अधिक वान्ताका कारण श्वासप्रश्वासमा समस्या भएको र त्यसकै इन्फेक्सनका कारण अचेत भएको हुनसक्ने चिकित्सकहरुको आशंका छ ।

थप उपचारको लागि उनलाई बाहिर लैजाने विषयमा उनको परिवारमा छलफल भइरहको बुझिएको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा अोली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरू कोइरालालाई भेट्न ओम अस्पताल पुगेका छन् । देउवासँगै अन्य कांग्रेस नेताहरु पनि अस्पताल जानेक्रम जारी छ ।
sherbahadur deuba_om hospital

अनलाइनखबरबाट
sherbahadur deuba_om hospital

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget