Websoft University

www.radiomakalu.com || 021-522512


डोमिनोज पिजाको फ्रेन्चाइज ब्यापारलाइ नेपाल पुर्याउने सपना

प्रवासमा सफल नेपाली


जन्म नुवाकोटको तारुका गाउँ। तारुकाको गोरु जुधाँइले मुलुकभर चर्चा बटुल्छ। उनले पनि समय र परिस्थीतीसँग यसैगरी जुध्न सिके। प्रवासको पढ़ाई र कमाइलाई उनले नजीकवाट नियाले अनी लागे ब्यापारतीर। उनि हुन धर्मनोज अर्थात धर्मराज अधिकारी।

बिदेशमा चीनीएको ब्रान्ड हो डोमिनोज पिजा। डोमीनोजको धेरै स्टोर खोलीन थालेपछि धर्मबाट 'धर्मनोज' बने उनी।

एउटा पिजास्टोरवाट सुरु भएको उनको ब्यवसाय १२ थपिएका छन्। 'दुइवटा केहि महिनाभित्रै सन्चालनको तयारीमा छन।' धर्म बताउँछन्। उनि अगाडी थप्छन् 'धर्मको कर्म रोकिएको छैन, गर्दै जाऔं कहाँसम्म पगिन्छ।'

सन १९९६ मा बिजनेशका बिध्यार्थीका रुपमा अस्ट्रेलिया पसेका धर्मले आफ्नो पढाइको अध्याय पुरा गरिसकेपछि ब्यापार ब्यवशायलाई नै रोजे। उनी जान्दथे जागिर खाए जागिरे भैइन्छ, ब्यापार गरे साउजि!

समयले उनले चाहेको सफलता उनको पोल्टामा राखेर गयो एक दशकमै।

नेपाली राजनितीमा केपी ओलीवाट प्रभावित धर्मराज डोमिनोज इन्टरनेसनस्थित अस्ट्रेलिया ग्रुपका प्रमुख कार्यकारी डन मेजले चाहेका ब्यक्ती हुन। उनको कार्यशैलीवाट प्रभावित डनले कयैन पटक धर्मलाई ब्यापार बढावामा हौसला अभिबृद्धी समेत गरेका छन। धर्मको ब्यवशायीक धर्मवाट प्रभावित कार्यकारी प्रमुख डनले नेपालमा गएको बिनासकारी भुकम्पमा सहयोग समेत गरेका थिए।

शिक्षा अनि संघर्ष र राजनितीका कयैन पाटाहरुसँग पैठाजोरी खेलेका धर्मराज सानैदेखि हक्की स्वभावक थिए। यसैले बानीले उनलाई प्रगतिशिल बिचारधारमा अगाडि बढायो। स्कुले जिवनपछि काठमाडौको अध्यनमा धर्मराजले रोजिरोटीको सवालमा सानातिना ब्यापारपनि थाले। राजनिती पनि गरे अनि गोली पनि खाए, तर हरेस कहिले खाएनन।

'२०४६ सालमा मैले पनि गोली खाएको हुँ।' धर्मराज सम्झन्छन्। 'हिजोको दिनमा मुलुकको स्वतन्त्रताको लडाइमा सानै भएपनि योगदान दिन पाइयो त्यो नै ठुलो कुरा भयो।'

अस्ट्रेलियामा सफल ब्यापारी बनेपनि धर्मराजलाई अस्ट्रेलायाको नागरिकता मोहले तान्न सकेको छैन। अझैपनि हरियो पासपोर्टमै गर्व गर्छन धर्मराज। भन्छन 'आवश्यक परे एक दिन मुलुक फीर्ने वाटो राखेको छु।'

बिस बर्षको अस्ट्रेलिया यात्रामा ब्यापार ब्यवशायसँगै समाजसेवामा पनि धर्मराजको नाम उत्तीकै चर्चामा छ। नेपाली समुदायका सबैखाले कार्यक्रममा देखिने धर्मराज गैह आवासिय नेपाली संघ (एनआरएन) ग्लोबलका केन्द्रिय सदस्य समेत हुन।

न्यु साउथवेल्स राज्यभर १३ वटा डोमिनोज स्टोर रहेका छन अहिले उनका। हत्तपत्त नपाइने यसको फ्रेन्चाइज धर्मराजका लागि सहज र सजीलो छ। डोमिनोज ब्रान्डको बिश्वास जितेका धर्म भन्छन 'इमान र जमानमा काम गर्नुपर्छ पछि परीदैन।'

उनको इच्छा नेपालमा पनि डोमिनोज पुरयाउनु हो तर त्यो त्यती सहज भने छैन। ब्यापारका रुप र आकार फरक हुन्छन। डोमिनोजको क्षेत्रगत अधिकारमा भारतिय कार्यक्षेत्र भित्र नेपाल पर्ने भएकोले सिधै खोल्न नपाइने प्रावधान रहेको छ। र पनि धर्मले बल गर्न छाडेका छैनन। 'डोमिनोजको फ्रेन्चाइज ब्यापारलाइ नेपाल ल्याउने सपना छ। एकदिन लगेर जान्छु, आशाबादी छु।'

म्याकडोनाल्ड र केएफसी जस्तै यो बिश्वब्यापी फ्रेन्चाइज ब्यापार डोमिनोजवाट आफुलाई धर्मनोज बनाएका अधिकारीको कथाले धेरैलाइ उत्साह थप्छ।

उनी जे भन्छन सो गर्छन। अनि जतासुकै पुग्छन पनि। सयौ अस्ट्रेलियनहरुलाई काम दिएका धर्मको डोमिनोजले भ्याएसम्म नेपालीहरुलाई पनि समेटने प्रयास गरेको छ। त्यसैल् धर्मराज थप्छन् 'जे जसो गर जे भन, जतासुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो।'- सेतोपाटीबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget